मध्यपुरको बोडेमा सात दिने चित्र कार्यशाला सम्पन्न
जेठ ३०, २०८३, शनिबार | साँझ ०६:४९ बजे | 140
मध्यपुर नगरपालिका वडानं ८ को आयोजनामा जेठ २३ गतेदेखी शुरु भएको सात दिने चित्र कार्याशाला शनिवार सम्पन्न भयो |कार्यक्रममा प्रमुख अतिथि मध्यपुर थिमी नपाका प्रमुख सुरेन्द्र श्रेष्ठले सहभागी सबैलाइ धन्यवाद र आभार प्रकट मध्यपुर नगरपालिका भित्र ७५० वटा मुर्त अमुर्त सम्पदा रहेको यसको संरक्षण गर्न प्रयास गरिरहेको छ | यसको शुरूवात मध्यपुर महोत्सबबाट शुरु गरिसकेको छ | सास्कृकृतिक सम्पदा संरक्षण गर्न सके युवाहरुमा थप आकर्षण बढनेछ |
मध्यपुरला प्रत्येक वडामा हप्ताको एक दिन चित्रकला कार्यशाला गरि शुरु गरि थप नगरस्तरिय कार्यशाला आयोजना गर्न मध्यपुर नपावाट आबश्यक सहयोग पुर्ण रुपमा सहयोग गर्ने वचन दिनु भयो |
कार्यक्रमका सभापति तथा मध्यपुर नगरपालिका वडानं ८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठले कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको खुशि लागेको बताउन्दै कलाकारहरुले लेखेको चित्रको अभिलेखिकरण वा बुकलेतको रुपमा प्रकाशित गर्ने छ | यस कार्यक्रमले मध्यपुरको पर्यटन विकासमा टेवा पुग्ने
पर्यटननको माध्यमबाट मध्यपुर का जनताको आर्थिक रुपान्तरण हुने आशा प्रकट गर्नुभयो |
कार्यक्रममा saturday plen and workshop का दिपेशमान प्रधानले मध्यपुर नपाले यस चित्रकला कार्यशाला का चित्रहरुलाई बुकलेटको रुपमा प्रकाशित गरे आबश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो|
कार्यक्रमको मध्यपुर थिमी वडान ८ का नगर सभासद सुरेन्द्र था श्रेष्ठले वडा न ८ ले गतिविधि बारे जानकारी दिनु भयो
