वासिङ मेसिनको सोडा बनाउने तालिम सम्पन्न
जेठ २९, २०८३, शुक्रबार | विहान ०६:५८ बजे | 60
भक्तपुर, जेठ २८ । उदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको महिला उपसमितिको आयोजनामा बिहीबार वासिङ मेसिनमा प्रयोग हुने सोडा बनाउने तालिम सम्पन्न भयो । संस्थाका कार्यबाहक अध्यक्ष तथा कार्यक्रम सभापति न्हुछे बहादुर प्रजापतिले तालिम तालिमको लागि मात्र नभई बजारमा पाइने सामाग्री सहज सस्तो रूपमा बनाउने सक्ने बताउँदै सहकारी प्रति गलत धारणा रहेको अवस्थामा आर्थिक मन्दीको बाबजुद पनि सही ठाउँमा लगानी गरिरहेको र गतिविधिप्रति चासो र सजग रहनुपर्ने बताउनुभयो । संस्थाका कोषाध्यक्ष शिवराम बोहजूले तालिममा सकृय सहभागिताले थप तालिम संचालनको उत्साह मिलेको अन्य तालिममा सहभागिताकाे अपेक्षा गर्नुभयो । उक्त तालिममा उपसमिति संयोजक दयालक्ष्मी प्रजापतिले आवश्यक सामाग्री, बनाउने तरिका तथा प्रयोग विधिबारे जानकारी दिनुभयो । उपसमिति सदस्य सुलोचना प्रजापतिले समेत सहजीकरण गरेको तालिममा २४ जना प्रशिक्षार्थीहरु सहभागिता रह्यो । संस्थाले गत बैशाख २१ गतेबाट ३५ जना प्रशिक्षार्थीहरुलाई मादल, बाँसुरी तथा ढोलकको संयुक्त प्रशिक्षण दिईरहेको छ । इच्छुकलाई उक्त तालिममा सहभागिताको लागि अझै खुल्ला गरिएको छ । संस्थाका व्यवस्थापक पूण्यराम गोसाइले संस्थाबाट यहीँ जेठ ३१ गते आइतबार अचार बनाउने तालिम संचालनको लागि बिहान १० बजेसम्म नाम दर्ता गर्न सकिने जानकारी दिनुभयो ।
