कमेरोटार जग्गा एकीकरण आयोजनामा वृक्षरोपण
जेठ २२, २०८३, शुक्रबार | राति ०७:०४ बजे | 125
सत्यराम कासिछ्वा
भक्तपुर, जेठ २२
समृद्ध भविष्यको आधार: जलवायु एवम् प्रकृतिमैत्री विकासको नारासहित विश्व वातावरण दिवसको अवसरमा शुक्रबार वातावरण संरक्षण मञ्च भक्तपुर तथा कमेरोटार जग्गा एकीकरण आयोजना मध्यपुर थिमीको संयुक्त आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले रूद्राक्षकाे बिरुवा राेपी संरक्षणकाे जिम्मा लिने विचार राख्नुभयो । अन्तरक्रियात्मक कार्यक्रममा वातावरण अभियन्ता प्रतिभा कसपालले प्राकृतिक जीवनचक्र मानवीय जीवनसँग सम्बन्धित भएको बताउँदै वनजङगल संरक्षण गर्न जोड दिनुभयो । वातावरणविद् बाबुराम श्रेष्ठले स्वच्छ वातावरणको लागि हरेक समयमा लाग्नुपर्ने बताउँदै स्थानीय सरकार प्रकृति माथी गरिएको अन्याय र यसले निम्तिने मानवीय संकटप्रति सजग हुनुपर्ने बताउनुभयो । कार्यक्रमका सभापति तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष न्हुछे बहादुर प्रजापतिले कार्यक्रममा सहयाेग गर्ने संस्था, व्यक्ति सबैलाई धन्यवाद दिँदै वातावरण संरक्षण गर्ने कार्यमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरिएको उक्त कार्यक्रमा मञ्चका महासचिव मणिराम लामिछाने लगायतले बोल्नुभयो । कपुर,रूद्राक्ष,कल्की, धुपी लगायत २०० विरुवाको वृक्षरोपण गरिएको उक्त कार्यक्रम संचालनको लागि डिभिजन वन कार्यालय भक्तपुर, वन पैदावार उद्योग व्यवसायी संघ भक्तपुर, नेप्सेम्याक तथा मध्यपुर थिमी नगरपालिकाले सहयोग गरेका थिए।
फाेटाेमा हेर्नुहाेस्...
