जीतपुर दुर्घटना अपडेटः घाइतेमध्ये चार जना सिकिस्त 


जेठ २१, २०८३, बिहीबार | दिउँसो ०३:५४ बजे | 105


जीतपुर दुर्घटना अपडेटः घाइतेमध्ये चार जना सिकिस्त 

भक्तपुर । भक्तपुरको चागुनारायण नगरपालिका वडा नं ८ मञ्जुश्री गुम्बा नजिक ट्याक्टरको ब्रेक फेल भई ओरालोमा अनियन्त्रित‌ भई पल्टिँदा भक्तपुर प्रहरी परिसरका उद्धार टोली हिजो बुधबार राति आठ बजे भक्तपुर अस्पताल लगिएको थियो । भक्तपुर अस्पतालमा १२ जना‌ सवार‌मध्य ४ जना सिकिस्त रहेको जनाइएको छ । दुई जनाको भने मृत्यु भइसकेको थियो । बाकी सामान्य घाइतेहरुको आकस्मिक व्यस्थापन गरी उपचार भइरहेको जनाइएको छ । भक्तपुर प्रहरी परिसरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) सूर्य ब खड्का, भक्तपुर अस्पताल विपद् व्यवस्थापन संयोजक डा.रोशन बासुकला र सम्पुर्ण अस्पतालका स्वास्थ्यकर्मीहरुद्वारा घटना व्यवस्थापन गरिएको थियो ।
 

Comments