किन पक्राउ परे रास्वपा चाँंगु सचिव न्यौपाने ?


जेठ २०, २०८३, बुधबार | विहान ०७:३२ बजे | 4135


किन पक्राउ परे रास्वपा चाँंगु सचिव न्यौपाने ?

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चाँगुनारायण नगर समितिका सचिव प्रमोद न्यौपानेलाई जग्गा सम्वन्धीको कारोबारमा पक्राउ परेको बताइएको छ । न्यौपानेले मालपोत तथा नापी कार्यालयबाट हुने जग्गा कित्ताकाट सम्वन्धि कार्यलाई सहज प्रकृया मिलाइदिने भनी आश्वासन दिएको र त्यो कार्य नगरिदिएको भन्दै पीडितले प्रहरीमा उजुरी दिएपछि सोधपुछका लागि पक्राउ गरेको जनाइएको छ । 
न्यौपानेलाई मंगलबार साझँ मालपोत कार्यालय भक्तपुरबाट पक्राउ गरेको थियो । साँंझ उनकै लेखापढी कार्यालयबाट न्यौपानेलाई पक्राउ गरेको थियो । न्यौपाने लेखापढी व्यवसायी संघ भक्तपुरका साधारण सदस्य पनि हुन् । 

Comments