लिपुलेक क्षेत्रमा नेपाली सेना परिचालन गर्न माओवादीको माग


जेठ २६, २०८३, मङ्गलबार | राति ०७:३५ बजे | 85


लिपुलेक क्षेत्रमा नेपाली सेना परिचालन गर्न माओवादीको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा नेपालको सार्वभौम अधिकारमाथि चुनौती उत्पन्न भएको भन्दै तत्काल नेपाली सेना परिचालन गर्न सरकारसँग माग गरेको छ।

पार्टीका महासचिवद्वारा जारी प्रेस विज्ञप्तिमा भारत र चीनबीच हाल लिपुलेक नाकामार्फत व्यापार तथा आवागमन पुनः सञ्चालन गर्ने सहमति भएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

विज्ञप्तिमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र ऐतिहासिक प्रमाण तथा द्विपक्षीय सन्धिहरूका आधारमा नेपालको अभिन्न भूभाग रहेको उल्लेख गरिएको छ। लामो समयदेखि उक्त क्षेत्रमा भारतीय पक्षबाट अतिक्रमण जारी रहेको दाबी गर्दै सरकारले कूटनीतिक पहलमार्फत नेपालको भूमि फिर्ता ल्याउन प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाइएको छ।

माओवादीले भारत–चीनबीच भएको सहमतिले नेपालको सार्वभौम अधिकारमाथि थप आघात पुगेको उल्लेख गर्दै सरकारले परिस्थितिको गम्भीरता बुझेर तत्काल नेपाली सेना परिचालन गरी आफ्नो भूभागको रक्षा गर्नुपर्ने माग गरेको छ।

विज्ञप्तिमा सरकारले आवश्यक कदम नचाले पार्टीको जनमुक्ति सेना उक्त क्षेत्रमा पुगेर आफ्नो भूमिको रक्षा गर्न तयार रहेको चेतावनीसमेत दिइएको छ।

पार्टीले राष्ट्रिय स्वाधीनता, सीमा सुरक्षा र नेपाली भूमिको संरक्षणका लागि सबै देशभक्त नागरिकलाई सचेत र एकजुट हुन पनि आग्रह गरेको छ।

I prefer this response

Comments