वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत


फाल्गुन २२, २०७७, शनिबार | विहान ०२:५४ बजे | 15


भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत नवागन्तुक विद्यार्थीहरुले कक्षा ११ मा विज्ञान, मानविकी तथा शिक्षा सङ्कायमा अध्ययनरत नवागन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रअ कृष्णप्रसाद धन्छाले विद्यार्थीहरु देशको कर्णधार भएकोले सरकारद्वारा गरिने देशविरोध कदमको विरोध गर्न तयार हुनुपर्छ भन्नुभयो ।
वागीश्वरी आत्मनिर्भरताको सिद्धान्तमा विश्वास गर्ने शैक्षिक संस्था भएको बताउ“दै उहा“ले विद्यार्थीहरुले पनि पढाइस“गै देश र जनताको सेवा गर्ने भावना आत्मसात गर्नुपर्छ भन्नुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यार्थीहरु सुरुदेखि नै अध्ययनमा मिहिनेती हुनुपर्ने बताउ“दै वागीश्वरीको प्रतिभाका कारण आज देशभर परिचय स्थापित भएको हो भन्नुभयो ।
विद्यालयका +२ संयोजक ज्ञानसागर प्रजापतिले उच्च शिक्षा अध्ययनको थलोको रुपमा वागीश्वरीलाई चुनेकोमा धन्यवाद व्यक्त गर्दै वागीश्वरी माविले आफूस“गस“गै आफूभन्दा कमजोर विद्यालयलाई सुधार गरी निरन्तर सहकार्य गरिरहेको बताउनुभयो ।
विद्यालयका सहायक प्रअद्वय कृष्णप्रसाद कर्माचार्य र उकेश सुवालले वागीश्वरीबाट उत्तीर्ण गरेका विद्यार्थीहरुले विभिन्न क्षेत्रमा राम्रो कार्य गरिरहेको दृष्टान्त प्रस्तुत गर्दै विद्यार्थीहरुले विद्यालयबाट सञ्चालित परीक्षालाई अनुशासित र मर्यादित भएर दिनुपर्ने औंल्यानुभयो ।
कार्यक्रममा प्रा.डा. सिद्धिवीर कर्माचार्य, शिक्षिका निरु ताल्चाभडेल र विद्यार्थी रितृष्णा दुवालले पनि बोल्नुभएको थियो ।

Comments