वडा होस् त झौखेल वडा जस्तो ?
जेठ ८, २०८३, शुक्रबार | राति १०:०५ बजे | 60
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ३ झौखेलको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । वडा कार्यालयको सभाहल झौखेलमा कार्यक्रम भएको हो ।
चाँगुनारायण नगरपालिका राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना र चाँगुनारायण नगरपालिका वडा नं. ३ र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त सहकार्यमा कार्यक्रम भएको हो ।
कार्यक्रम राष्ट्रिय सञ्चार केन्द्रका पेशल आचार्यको प्रमुख आतित्थ्यता, वडा नं. ३ का अध्यक्ष श्याम सुन्दर धिमालको सभापतित्व र प्रहरी निरीक्षक शुभेश अधिकारीको विशेष आतिथ्यतामा भएको हो । कार्यक्रममा वडा अध्यक्ष श्यामसुन्दर धिमालले चाँगुनारायण नगरपालिकाभित्रका वडाहरुमध्ये वडा होस् त झौखेल वडा जस्तो भन्ने प्रख्यातीका साथ आफ्ना वडामा काम हुने गर्दै आएको दावी गरे ।
