भक्तपुरमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु


बैशाख २१, २०८३, सोमबार | साँझ ०५:३३ बजे | 945


भक्तपुरमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर, २१ वैशाख । भक्तपुर नगरपालिका–५ आदर्शस्थित अरनिको राजमार्गमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

घटनाको विवरण:

  • मिति र समय: २०८३ वैशाख २० गते राती ११:०० बजे ।

    स्थान: भक्तपुर न.पा.-५, आदर्श, भक्तपुर फ्युल सेन्टर नजिक ।

  • सवारी साधन: सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको बा ४ ख ३१५६ नम्बरको टिपर ।

  • मृतक: भारतको दरभंगा जिल्ला घर भई हाल चाँगुनारायण-८, सुडालस्थित BM ईट्टा भट्टामा कार्यरत ४३ वर्षीय विसुनदेव सहनी ।

  • विवरण: बाटो काट्दै गरेका सहनीलाई तीव्र गतिमा रहेको टिपरले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल दुधपाटी लगिएकोमा चिकित्सकले राती ११:२२ बजे मृत घोषित गरेका थिए ।

प्रहरी कारबाही: जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार टिपर चालक काभ्रेपलाञ्चोक बनेपा बस्ने ३६ वर्षीय श्याम कुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा प्रहरी वृत्त जगातीबाट थप अनुसन्धान भइरहेको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक स्वरुप शर्माले जानकारी दिनुभयो ।

Comments