बीर गणेशमान सिंह बागमति प्रदेश स्तरिय बक्सिङ प्रतियोगितामा हुने
फाल्गुन १६, २०७७, आइतबार | दिउँसो ०१:०८ बजे | 25
नार्गाजुन खेलकुद विकास समितिको आयोजनामा फागुण १९ गतेदेखि २२ गतेसम्म हुने बीर गणेशमान सिंह बागमति प्रदेश स्तरिय बक्सिङ प्रतियोगितामा भक्तपुर जिल्ला बक्सिङ संघका खेलाडीहरुलाई स्वप्नशील बचत तथा ऋण सहकारी संस्था लि.ले बक्सिङ खेलाडीहरुलाई ट्रयाकसुट हस्तातरण पि आर मानेजर गणेश सांगामीले एक समारोह बीच आइतबार हस्तातरण गर्नु भयो । उक्त कार्यक्रममा खेलाडीहरु, टिम कोच र टिम मेनेजरको सहभागी रहेको थियो ।
कार्यक्रममा भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिले खेलाडीहरुलाई उत्साहित गर्न र हौसला बढाउन जुन सहयोग गर्नु भयो त्यसको निम्ति संस्थालाई धन्यवाद दिनुभयो साथै खेलाडीहरुले भक्तपुरको नाम उच्च राख्न सफल हुने आशा व्यक्त गर्नु भयो । उहाँले मुढेबल भन्दा बुद्धि विवेकले खेल खेल्न अनुरोध गर्दे प्रतिपक्षको आक्रमण विना सफलता पाउन तिक्ष्ण दिमागले सफलता पाउने बताउँदै खेलाडीहरुले अनुशासित रुपमा खेल प्रदर्शन गर्न अनुरोध गर्नु भयो । उहाँले खेल खेलको निम्ति मात्र नभई देशको नाम उच्च राख्ने र देश जनता प्रति सेवाभावका साथ अगाडि बढ्न अनुरोध गर्नु भयो ।