वार्षिकोत्सवको अवसरमा ख्वपमा दौड प्रतियोगिता


फाल्गुन १३, २०७७, बिहीबार | विहान ०९:२९ बजे | 30


ख्वप मा.वि.को २१ औँ, ख्वप कलेजको १९ औँ र शारदा क्याम्पसको ३० औँ वार्षिक उत्सवको अवसरमा भएको दौड प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिताअन्तर्गत छात्र दौड प्रतियोगितामा व्यवस्थापन ११ का रुपेश खड्का प्रथम, विज्ञान १२ का सुशान्त कार्की द्वितीय र विज्ञान १२ कै नवीनराज बम तृतीय भए । त्यस्तै छात्रा दौड प्रतियोगितामा विज्ञान ११ की रेष्टिना सितिखू प्रथम, बीबीएस पहिलो वर्षकी रुकु खाइजू द्वितीय र मानविकी १२ का सिवानी खड्का तृतीय भइन् । प्रतियोगितामा ४७ जना छात्र र २९ जना छात्राहरूले भाग लिएका थिए । विजयी विद्यार्थीहरूलाई फागुन १४ गते हुने वार्षिक उत्सव कार्यक्रममा पुरस्कार वितरण गरिने आयोजक कलेजले जानकारी दिएको छ ।

Comments