टौमढीको जनसभाः जहिल्यै बेलुकी तर भोलि पहिलो पटक विहानै


फाल्गुन १७, २०८२, आइतबार | राति ०८:०५ बजे | 160


टौमढीको जनसभाः जहिल्यै बेलुकी तर भोलि पहिलो पटक विहानै

भक्तपुर । नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै भक्तपुरमा चुनावी जनसभा आयोजना गर्ने भएको छ । पार्टीले फागुन १८ गते सोमबार बिहान ७ः३० बजे भक्तपुरको टौमढीमा जनसभा गर्न लागेको जनाएको छ ।
जनसभामा पार्टीका अध्यक्ष तथा प्रमुख अतिथि नारायणमान बिजुक्छेँ (रोहित) सहभागी हुने कार्यक्रम रहेको छ । कार्यक्रममा प्रतिनिधिसभा भक्तपुर क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार प्रेम सुवालले सम्बोधन गर्ने जनाइएको छ ।
पार्टीले जारी गरेको सूचनाअनुसार समाजवादी प्रचार अभियानलाई तीव्रता दिन तथा आफ्ना उम्मेदवारलाई विजयी गराउन आम सर्वसाधारणलाई जनसभामा सहभागी हुन आह्वान गरिएको छ । साथै, मतदातालाई प्रत्यक्ष र समानुपातिकतर्फ ‘मादल’ चुनाव चिह्नमा मतदान गर्न आग्रह गरिएको छ ।
पार्टीले देश र जनताको निःस्वार्थ सेवाका लागि आफ्नो अभियानलाई निरन्तर अघि बढाइने बताउँदै जनसभालाई सफल बनाउन कार्यकर्ता तथा समर्थकहरूलाई व्यापक उपस्थितिका लागि अनुरोध गरेको छ । जनसभामा पार्टीका विभिन्न केन्द्रिय नेताहरुबाट सम्वोधन हुने जनाइएको छ ।
जहिलै बेलुकाबेलुका हुँंदै आएको अन्तिम चुनाव सभा यो पटक पहिलोचोटी भोलि विहान हुन लागेको हो । भोलि होली पूर्णिमा परेको र बेलुका गर्दा अप्ठेरो पर्नसक्ने भएकाले विहानै गरिएको बताइएको छ । दिउँंसोदेखि बेलुकीसम्म होली खेल्नेहरुको हुल हुने भएकाले यसा गरिएको बताइएको छ ।  

Comments