नेपाल इन्जिनियरिङ कलेजको साइटेक प्रकाशित


2021-02-22 06:17:05

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरको अनुसन्धानमुलक जर्नलको नयाँं अंक साइटेक (एससीआईटीईसीएच) प्रकाशित भएको छ । वैज्ञानिक तथा प्राविधिक अध्ययनको जर्नल (जर्नल अफ साइन्टिफिक एण्ड टेक्निकल स्टडिज) आइतबार एक कार्यक्रमवीच विमोचन गरिएको हो । 
पोखरा विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन सहायक प्राध्यापक राजेश ठगुराथीले जर्नलको विमोचन गरे । त्यस अवसरमा नयाँं नेक बुलेटिनको पनि विमोचन गरियो । २३ औं नेक बुलेटिन विमोचन गरिएको हो । प्रकाशित बुलेटिनमा सन् २०१९ जुनदेखि सन् २०२० अगष्टसम्मका कलेजका शिक्षक, विद्यार्थीलगायतको शैक्षिक गतिविधिहरु संलग्न छन् ।  
कार्यक्रममा पोखरा विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन सहायक प्राध्यापक राजेश ठगुराथी, कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठ, कलेजका पूर्व एकेडेमिक कोअर्डिनेटर मोहनध्वज केसीलगायतका कलेजमा अनुसन्धानको महत्वबारे चर्चा गरे । कार्यक्रममा जर्नलका एडिटोरियल मेम्वर, रिभ्यु एडिटर्सहरलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा कलेजका उपप्राचार्य दीपक धामी, एकेडमिक कोअर्डिनेटर बाबुराम भट्टराई, शिक्षक प्रतिनिधि दुर्गाप्रसाद भण्डारी, जर्नलका प्रबन्ध सम्पादक एसिस्टेन्ट प्रोफेसर सचिन श्रेष्ठलगायतले जर्नलको विविन्न पक्षहरुबारे चर्चा गरे । प्रकाशित यो जर्नल वर्ष १५ अंक १ हो । कलेजले नियमित रुपमा जर्नल प्रकाशित गर्दै आएको जनाएको छ ।  

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *