भक्तपुर । भक्तपुरको पाण्डुबजार हाइट सूर्यविनायकस्थित वी किड्स स्कुलले सरस्वती पूजाको अवसरमा मंगलबार अक्षरारम्भ कार्यक्रम गरेको छ । ससाना नानीहरुलाई अक्षर चिनाउने कार्यक्रम ‘तपाईको नानीको अक्षरारम्भ’ कार्यक्रम गरेको हो ।
सूर्यविनायक नगरपालिका वडा नं ६ मा रहेको स्कुलले त्यस अवसरमा निःशुल्क हेल्थ क्याम्प पनि गरेको थियो । त्यस अवसरमा जनरल चेकअप र डेण्टल चेक अप गरिएको थियो ।
स्कुलकी प्रिन्सिपल मञ्जु दुवालले ईसीडी पद्धतिबाट प्रभावकारी शिक्षण गर्दै बालबालिकाको सर्वागिन विकासका लागि स्कुल प्रयासरत रहेको जनाइन् । यसका लागि स्कुलले थिमेटिक अपरोच (प्रोगेसिभ लर्निङ) को आधारमा ससाना नानीहरुलाई शिक्षण क्रियाकलपा गरिरहेको जनाइन् ।  
एक्सप्लोर लर्न ग्रोथ उदघोषणका साथ ससाना नानीहरुलाई उत्कृष्ट शिक्षणका लागि चाहिने सम्पूर्ण सुविधा तथा वातावरणका साथ शिक्षण क्रियाकलाप भइरहेको स्कुलले जनाएको छ । सरस्वती पूजाकै अवसरमा मंगलबारदेखि नै स्कुलमा प्ले ग्रुप देखि कक्षा एकसम्म भर्ना खुला गरिएको पनि स्कुलले जनाएको छ ।...

All Comments.......


Please Login/Register To Comments