भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ३ झौखेले निवासी विद्यार्थी अथर्व पालका लागि फागुन ३ गते सोमबारको दिन जीवनभर स्मरणयोग्य दिनसमेत बन्यो । यो दिन उनको न जन्म दिन थियो, न त त्यस्तो अरु केही विशेष नै । उनको खुशीको कारण अरु केही नभएर जेकेजीदेखि पढ्दै आएको स्कुलमै गएर झण्डै एक वर्षपछि पढ्न पाउनु हो । कोरोनासँंगै चैत ६ गतेबाट बन्द भएको उनको स्कुलमा सोमबार पहिलो पटक भौतिक रुपमा कक्षा सञ्चालन सुरु भएको थियो ।
धेरै साथीहरुलाई भेटन नपाउँंदा न्याश्रो लागेको थियो, एभरेष्ट इगलिश स्कुल भक्तपुरमा कक्षा ९ मा अध्ययरत उनले भने, आज कक्षा सञ्चालन भएसँंगै सवै साथीहरुलाई प्रत्यक्ष रुपमा भेटन पाइयो, धेरै खुशी लाग्यो । अनलाइन कक्षा चल्दा १० बजे टुक्रुक्क वस्दा हुने तर कक्षा सञ्चालन हुँंदा साढे आठ वजे नै खाना खाई तयारी हुनुपर्ने भए पनि उनलाई त्यो नै ठिक लागेको छ । उनी भन्छन्, अनलाइन क्लास भन्दा जे भने पनि भौतिक रुपमा क्लास प्रभावकारी नै हुन्छ । अनलाइन क्लासले विद्यार्थीलाई जे भए पनि केयरलेश बनाइदिएको अनुभब उनको छ ।  
सोही स्कुलमा कक्षा ९ मै अध्ययनरत छात्रा दिलाशा वैद्य झण्डै एक वर्षपछि आफना सहपाठी साथीहरुसँंग भेट्न पाएको मख्ख छिन् । उनी भन्छिन्, कक्षाका धेरै साथीहरुसँंग प्रत्यक्ष रुपमा भेटन पाएको थिइन, आज धेरै समयपछि भेट्न पाइयो, खुशी लाग्यो । आजको दिन हामीलाई दशैं आएजस्तै खुशी लागेको छ । नजिकका कोही साथीहरुसँंग टेलिफोनमा कुराकानी गर्न पाएको तर अरु धेरै साथीहरु सम्पर्कविहीन जस्तै भएकोमा क्लास चलेसँंगै भेटन पाएकोमा उनी दंगी भइन् । नर्सरीदेखि पढ्दै आएको स्कुलको पनि स्भाविक रुपमा माया लाग्ने गरेको र भौतिक रुपमा सोमबार धेरै समयपछि स्कुलमा पुग्न पाउँंदा उनले खुशी साट्न् ि।
स्कुलकी शिक्षिका संगीता किवाछें बनेपालीले धेरै विद्यार्थीसँंगै शिक्षक, शिक्षिकासहित सम्पर्ण स्कुल परिवार भौतिक रुपमा कक्षा सञ्चालन गर्न पाउँंदा खुशी देखिएको सुनाउँंछिन् । एकै स्कुलका शिक्षकशिक्षिका विद्यार्थीसहित भेटन पाउँंदा खुशी हुनु स्वभाविक रहेको उनी सुनाउँंछिन् ।
स्कुलका सोमबार पहिलो पटक कक्षा ८, ९ र १० कक्षाका विद्यार्थीको पढाई सुरु गरेको थियो । पहिलो दिन ९५ प्रतिशत भन्दा धेरै विद्यार्थी सहभागी स्कुलले जनाएको छ । पहिलो यो हप्ता उनीहरुलाई विहान १० बजेदेखि दिउँंसो १ बजेसम्म मात्रै कक्षा चलाउने स्कुलले जनाएको छ । त्यसपछि बैठक वसेर उनीहरुको दिन लम्व्याउने योजना रहेको स्कुलले जनाएको छ ।
कक्षामा आउने विद्यार्थीलाई अनिवार्य मास्कको व्यवस्था गरिएको छ । साथै प्रत्येक कक्षाको अगाडि धारा जडान गरी सावुन पानीको पनि राम्रौ व्यवस्था स्कुलमा गरिएको छ । विद्यार्थीको सुरक्षाका लागि आफूहरु प्रतिबद्ध रहेको स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी बताउँंछन् । विद्यार्थीको सुरक्षाका लागि अभिभावकले गरेको सहयोगको लागि उनी सम्पूर्ण अभिभावकप्र िविशेष आभार पनि प्रकट चाहन्छन् ।
कक्षा ८,९ र १० लाई सोमबारदेखि मात्रै कक्षा सञ्चालन रहे पनि प्ले गु्रप भने निरन्तर रुपमा चलिरहेको व्लक .(प्ले ग्रुपदेखि तीन कक्षासम्मकों) संयोजक सुजिता लिम्वू बताउँंछिन् । स्कुलमा अरु कक्षामा शैक्षिक सत्र अनुसार मात्रै भर्ना लिने भए पनि प्ले ग्रुपमा भने १२ अ‍ै महिना भर्ना खुल्ने जानकारी उनले गराइन् ।
...

All Comments.......


Please Login/Register To Comments