वागीश्वरी माविका नवनियुक्त सहायक प्रअ सुवाललाई बधाईज्ञापन


2021-02-16 05:09:16

भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालयका नवनियुक्त सहायक प्रधानाध्यापक उकेश सुवालको बधाई कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
कार्यक्रममा वागीश्वरी माविका संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरी आफैमा ठूलो शैक्षिक संस्था भएकोले शैक्षिक मितव्ययिता अतिआवश्यक छ भन्नुभयो ।
उहा“ले विद्यालयको प्रगतिमा शिक्षक शिक्षिकाभन्दा बढी अभिभावक चिन्तित हुने भएकोले अभिभावकको मन जित्न हरेक शिक्षक शिक्षिकाहरु प्रयासरत रहनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
पदभन्दा काम महत्वपूर्ण हुने सिद्धान्तलाई आत्मसात गरेको यस संस्थामा सहज रुपमा उत्तराधिकारी तयार भइरहेकोमा खुशी व्यक्त गर्नुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले नवनियुक्त सहायक प्रधानाध्यापकलाई बधाईज्ञापन गर्दै वागीश्वरी कलेज र विद्यालय वैधानिक रुपमा फरक भएता पनि सैद्धान्तिक र व्यवहारिक रुपमा एक भएको स्पष्ट पार्नुभयो ।
बधाई ग्रहण गर्दै नवनियुक्त सहायक प्रधानाध्यापक उकेश सुवालले विद्यालयको प्रगतिको लागि हर समय समर्पित हुने प्रतिबद्धता व्यक्त गर्दै सहयोगको लागि सम्पूर्णमा अनुरोध गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षकहरु ग्याहेन्द्र प्रसाद दाहाल, विशेश्वर मानन्धर र राजन लाखाले पनि बोल्नुभएको थियो ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *