यी हुन् नेमकिपाका समानुपातिक उम्मेदबारहरु (सूचिसहित)ः पहिलो नम्वरमा मुल
पुष १३, २०८२, आइतबार | राति ०९:४८ बजे | 1360
भक्तपुर । आसन्न प्रतिनिधिसभाको चुनावका लागि दलहरूले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्न सुरू गरेका छ्न् । त्यसका लागि आयोगले आज र भोलिको समय तोकेको छ ।
आज नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले ११० जना उम्मेदवारको सूची आयोगमा बुझाएको छ । सचिव प्रेम सुवालको नेतृत्वमा गएको टोलीले सूची बुझाएको हो । बन्द सूचि बुझाउने नेमकिपा पहिलो दल बनेको जनाइएको छ ।
बुझाइएका सूचीमा आवश्यक जाँचबुझपछि आयोगले निर्णय लिनेछ । फागुन २१ को चुनावका लागि आयोगमा १०० दलले ९३ वटा निर्वाचन चिन्हमा भाग लिने गरी निवेदन दर्ता गराएका छन् ।
बुझाइएको बन्द सूचिको पहिलो नम्वरमा हिमालयश्वरलाल मुलको नाम छ ।
फाेटाेमा हेर्नुहाेस्...
