वागीश्वरी माविमा बधाई तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न


माघ २९, २०७७, बिहीबार | विहान ०४:२५ बजे | 30


भक्तपुर । वागीश्वरी मावि तथा कलेजको संयुक्त आयोजनामा वागीश्वरी माविबाट कक्षा ११ र १२ उत्तीर्ण सम्पूर्ण विद्यँर्थीहरुलाई बधाई तथा मार्गनिर्देशन कार्यक्रम माघ २८ गते सम्पन्न भएको छ ।
उक्त कार्यक्रम मानविकी र शिक्षा सङ्कायका विद्यार्थीहरुका लागि माघ २६ गते, व्यवस्थापन सङ्कायका विद्यँर्थीहरुलाई माघ २७ गते र विज्ञान सङ्कायका विद्यार्थीहरुलाई माघ २८ गते सम्पन्न भएको थियो ।
सम्पूर्ण कार्यक्रमको सभापति विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गर्दै चरित्र निर्माण बारेमा चर्चा गर्नुभएको थियो ।
त्रिविका उप प्रँध्यापक महेश पौडेलले मानविकीका विद्यार्थीहरुलाई सम्बोधन गर्दै एक्काइसौं शताब्दी प्रतिस्पर्धाको युग हो र विद्यार्थीहरुले प्रतिस्पर्धामा सफलता प्राप्त गर्नका लागि हरेक विषयको सुक्ष्म अध्ययन गर्नका लागि सुझाव दिनुभयो ।
उक्त कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले वागीश्वरी कलेज बीए÷बीएसडब्लू र बीबीएसको शिक्षा प्रदान गर्न सक्षम भएको चर्चा गर्दै वागीश्वरी कलेजले दिने छात्रवृत्तिको बारेमा चर्चा गर्नुभएको थियो ।
विज्ञान सङ्कायका विद्यार्थीहरुलाई सम्बोधन गर्दै ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले नेपालको समग्र इञ्जिनियरिङ शिक्षाको विषयमा प्रष्ट पार्दै सिभिल इञ्जिनियरिङमा विद्यार्थीहरुको आकर्षण बढी रहेको जानकारी दिनुभयो । साथै हालै कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरु जेनेरेशन जेड ९न्भलभचबतष्यल श्० मा पर्ने र नया“ पुस्ताका मानिसहरुमा आफ्नो उद्देश्य र पेशामा बढी चञ्चलता देखिएको कुरा प्रष्ट पार्नुभयो ।
विद्यालय तथा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरी मावि तथा कलेजका विद्यँर्थीहरुले सद्भाव दूतको भूमिका निभाइरहेको इतिहासलाई स्मरण गर्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
वागीश्वरी कलेजका शिक्षक नवीन प्रजापतिले व्यवस्थापनका विद्यार्थीहरुलाई मार्गनिर्देश गर्दै बीबीएसको विषयमा भएका भ्रम र यथार्थलाई प्रष्ट पार्नुभयो ।
कार्यक्रममा शिक्षकहरु ग्याहेन्द्र प्रसाद दाहाल, निरु ताल्चाभडेल, भानुभक्त हुमागाइ, राजन चौगुठीलगायतले बोल्नुभएको थियो ।

Comments