तेमाल कपमा दिनेश दोङ उत्कृष्ट खेलाडी घोषित, विजेता टिमले पाए नगद २ लाख
- Post Date 2021-02-11 09:32:05

दोस्रो तेमाल अध्यक्ष फुटबल कपको उपाधी वडा नं. ८ ले जितेको छ । विजेता वडा नं. ८ ले नगद रू. २ लाख प्राप्त गरेको छ भने उपबिजेता वडा नं. ९ ले १ लाख ५० हजार नगद प्राप्त गरेको छ । तेस्रो हुन सफल वडा ७ र चौथो वडा ५ ले क्रमशः नगद रू. १ लाख र ५० हजार प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा ९ का दिनेश दोङ, उत्कृष्ट गोल किपर वडा ८ का बुद्ध घिसिङ तामाङ र प्रतियोगिताको सर्वाधिक गोलकर्ता वडा ९ का दिपक तामाङ हुन सफल भए । यी उत्कृष्ट तीन खेलाडीले नगद रू. ५र५ हजार प्राप्त गरे ।
...
All Comments.......
Please Login/Register To Comments