बालबालिकालाई शैक्षिक सामाग्री वितरण
माघ २८, २०७७, बुधबार | विहान ०३:४५ बजे | 55
सदीक्षा बाईजु
विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण हालै खोप आइसकेको कारण न्यूनीकरण भएको छ। यस भाइरसको न्यूनीकरण भएतापनी मानिसहरुले राम्ररी काम गर्न पाइरहेका छैनन्। जसको कारण बालबालिकाहरुको पढाईमा असर परिरहेको छ।
आर्थिक अवस्था कमजोर भइरहेको स्थितिमा आफ्नो पढाई छोड्ने मनस्थितिमा देशैभरिका हजारौं बालबालिकाहरु छन्। साथै अन्लाईन कक्षामा ईन्टरनेट, मोबाईल लगायतमा हुने खर्च बेहोर्न नसकेर पढ्ने वातावरण नभएका पनि लाखौं बालबालिकाहरु छन।
[[img2]]
यस्तो प्रतिकुल अवस्थामा हाम्रो अत्यन्तै आदरणीय अनि मिलनसार शिक्षक श्री कृष्ण उप्रेती (हाल क्यानडामा बस्दै आउनु भएका) र उहाँ सम्बद्ध “फ्रेन्ड सर्कल एद्मोन्तोन“ का सदस्यहरुले संकलन गरि पठाउनु भएको रकम रु. ४०,३२५, भक्तपुर जिल्लाका विभिन्न बिध्यालयमा अध्ययन गरिरहेका अनुसाशित, लगनशील तथा मेहेनती र साच्चिकै समस्या ग्रस्त विद्यार्थीहरुमा विभिन्न शैक्षिक खर्चहरु, बिध्यालय पोसाक, शैक्षिक सामाग्रीहरु वितरण ’गरियो।
[[img3]]
’फिड नेपाल’ को नेतृत्वमा सम्पन्न गरिएको यो कार्यक्रमले धेरै विद्यार्थीहरुलाई सहयोग पुगेको छ। येस्तो बिषम परिस्थितिमा पनि आफ्नो अमुल्य सहयोग र समय प्रदान गर्नुहुने ’फिड नेपाल’ का अध्यक्ष आयुशा जोन्छे र आदरणीय कृष्ण सर र उहाँको तिम ’फ्रेन्ड सर्कल एद्मोन्तोन’ लाई धेरै धेरै धन्यवाद र आभार व्यक्त गरेका छौ। (प्रशिक्षार्थी)