डा. इन्दुलका फूलका फिलिंगा पुस्तक सरसर्ती पढ्दा


असोज २३, २०८२, बिहीबार | साँझ ०४:१४ बजे | 90


डा. इन्दुलका फूलका फिलिंगा पुस्तक सरसर्ती पढ्दा

भरत ज्ञवाली
सिद्धिशालिग्राम जेष्ठ नागरिक आश्रम,
भीमसेनस्थान, भक्तपुर
पृष्ठभूमि
समयको एक लामो अन्तरालपछि डा. इन्दुल केसीसँग भेट भयो । उहाँ आउँदा प्रायः खाली हात नआउने, कुनै न कुनै साहित्यिकको कोसेली लिई आउनुहुन्छ । यसपटकको भेटमा पनि कोसेली थियो उहाँको झोलामा एक अविस्मरणीय शीर्षकको कविता संग्रह  ‘इन्दुलका फूलका फिलिंगा’  ३० वटा कविता संग्रहको प्रकाशनमा प्रा.डा. कृष्णप्रसाद दाहालद्वारा ‘व्यङ्ग्यात्मक चेत’ शीर्षकको समालोचनात्मक लेखले कविता संग्रहका सबै कविताका सेरोफेरो छर्लंगै प्रस्तुत गरेको छ । डा. इन्दुलको परिचय गराउँदै प्रा.डा. दाहाल लेख्नुहुन्छ, “उनी आफैमा परिचयको स्मारक भइसकेका छन् । ....  यिनी श्रीखण्ड चन्दन हुन् । चनौटोमा नघोटेसम्म यिनको व्यक्तित्वको सुवास पाउन सकिन्न ।’ कविता संग्रहको अन्तिम  पृष्ठमा  ‘दुई  थुङ्गा फूल’ शीर्षकको कविता  प्रकाशित छ ।  जुन शताब्दी पुरुष डा. सत्यमोहन जोशी रचित कविता हो । त्यस कवितामा शताब्दी पुरुष डा. इन्दुलका बारेमा लेख्नुहुन्छ .
दुई थु“गा पूmल
विविध भाषाका ज्ञाता
मातृभाषाका पुजारी
विविध उपचारका ज्ञाता
विकल्पका प्रयोगवादी
सच्चा समाजसेवी
बहुमुखी प्रतिभाका धनी
डाक्टर इन्दुल केसी ।१।

भजन–कीर्तनका गायक
कविता आदिका लेखक
कलाकृति र संस्कृतिका अनन्य भक्त साधक
सरल स्वभावका मृदुभाषी
क्रियाकर्ममा परोपकारी
व्यक्ति एक प्रतिभा अनेक
डाक्टर इन्दुल केसी ।२।
०००
कवि इन्दुल केसीलाई चिन्न र बुझ्नका लागि उपयुक्त कविता पंक्तिहरू पर्याप्त छन् । कविता संग्रहमा प्रकाशित अन्तिम कविता ‘ परिशिष्ठ मेरो जीवनी’ कवितामा कवि लेख्नुहुन्छ “आज आफूले आफैलाई नियाली हेरे ।” यस कवितामा कविले इमान्दारी र स्पष्ट रुपमा आत्म परिचय प्रस्तुत गर्नुभएको छ । कविताका प्रत्येक पंक्ति मार्मिक, प्रोत्साहन र एक राष्ट्रसेवक कविका नालीबेली व्यक्त गर्न अत्यन्त सफल छन् भन्ने म ठान्दछु । कविताका प्रत्येक डा. इन्दुलद्वारा प्राप्त कोशेली हातमा लिई अन्यमनस्क अहिले मैले कविता संग्रहका पानाहरु पल्टाउन थालेँ । पाना पल्टाउना साथ पृष्ठ ९ मा प्रकाशित ‘विविध प्रस्तुति’ शीर्षकको कविताको पाना पल्टियो । सरसर्ती कविता पढ्दै थिएँ, आँखा टक्क एउटा पंक्तिमा अडिकियो “ ... जिज्ञासु पाठक पढ्छन्, पाए पुस्तक निःशुल्कमा” जुन अभिव्यक्ति मैमा पनि लागू हुन्छ, केहि ग्लानी पनि हुने नै भयो । मेरो हातमा भएको पुस्तक यस अभिव्यक्ति भित्र पर्दछ ।
एक बिहङ्गम दृष्टि
मनमा यी विचार आएपछि मेरो ध्यान पुस्तकको शीर्षकमा अल्झियो । ‘इन्दुलका फूलका फिलिङ्गा’ शीर्षकको पुस्तक मेरो हातमा थियो । पुस्तक पृष्ठमा सानै भएपनि कविताहरु वजनदार भएझै लाग्यो । प्रायः लेखपढ गर्ने आनिबानी धूमिल हुँदै गए पनि पुस्तकको शीर्षकले कविताहरु अक्षर कवितको जीवनको क्रान्तिकारी फिलिङ्गा हुन् पनि हलिन घचघच्यायो ।
पुस्तकमा प्रस्तुत प्रत्येक कविता पुस्तकको शीर्षक अनुकूल भएको पाएँ ‘फूलका फिलिङ्गा’ । साँच्चै नै सबै फिलिङ्गा थिए तर फूलका । पढ्दा मनमा लागि रहन्थ्यो फूलका पनि फिलिङ्गा हुन्छन् र ? सङ्कलित फिलिङ्गाहरु कविको हृदयबाट प्रस्फूटित ज्वालाका छिटाहरु थिए एउटा पठनीय साहित्यिक रचना ।
अब आफुनो उमेर धल्केको अवस्था लगायत उजाड प्रायः जीवनका सबै पक्षलाई समेटेर कविता संग्रहमा नै ध्यान केन्द्रित गर्ने प्रयत्न थालँे । ‘डा. इन्दुलका फूलका फिलिङ्गा’ यस्ता झिल्काहरु हुन्, जुन चुरोट सल्काउन पनि हुने, जाडोमा ताप्न पनि हुने, दावनल पनि फैलाउन सक्ने बहुआयामिक कविता संग्रहमा प्रस्तुत ३० वटा कविताहले मानव जीवनका विविध पक्ष उजागर गरेका छन् । प्रकृति, समाज, मानिसको प्रवृति, शक्ति, राजनीति, आत्मपरिचय आदि समेटेका प्रस्तुत कविताहरु सरल छन्, अर्थ गहिरा प्रशान्त महासागर जस्तै सतहमा शान्त देखिए पनि भित्रभित्रै उद्वेलित क्रान्तिकारी स्फूर्तिले ओतप्रोत प्रस्तुत कविताहरुमा कवि सरल देखिन्छन्, समाजसेवी र परोपकारी छन् । समाजमा गरिबी, अन्याय, राज्यमा भ्रष्टाचार, राजनीतिमा विकृति, जस्ता विषयवस्तुदेखि लिएर साहित्य, भक्ति, भजन, व्यत्तिका जीवनका कथा व्यथा जस्ता पक्षहरु कविताहरुले ओगट्न भ्याएका छन् ।
कविता संग्रहमा नेवारी र अंगे्रजी भाषाका कविता पनि प्रस्तुत गरिएका छन् । डा. इन्दुलका कविताहरु एउटी चिया बेच्ने अधवैंशे नारीको सिंगार पटार बयान गर्न पनि भ्याउँछ (कविताः व्यापार अपार, पृष्ठ १०) भने नेपालको अवस्था चित्रण गर्दै प्रस्तुत गरिएको कवितामा (कविताः नेपालको तस्बीर, पृष्ठ४) अपेक्षित क्रान्तिकारीहरुको अवस्था चित्रित छ ।
यस्तै अवस्थाले गर्दा नेपाल अघोगति तर्फ खस्किँदै गएको तथ्य कविले प्रष्ट पारेका छन् ।
यस संक्षिप्त प्र–आलेखमा कविताहरुको धेरै व्याख्या गर्न सकिएन । डा. इन्दुलका कविता आफै बोल्छन् सामान्य जनले पनि बुझ्ने गरी । उनले कोरेका शब्दहरुको अर्थ लगाउन वा व्याख्या गर्न आवश्यक नै छैन । प्रत्येक कविताका शुरुका केहि पङ्क्ति पढ्ना साथै पुरै मन मस्तिष्क अरु पङ्क्तिलाई स्वतः डोरिएर जान्छन् । कविताका फिलिङ्गाले च्वास्स च्वास्स पनि पोल्छन्, दोहोराएर पढ्दा ठ्याम्मै हानि दिन्छन् वास्तविकताको हथौडाले । कविता संग्रहका केहि कवितामा एकदुई पंत्तिःहरु यहाँ प्रस्तुत गर्न सान्दर्भिक ठान्दछु ।
१. सम्पूर्ण मेरो जीवन आन्दोलनमय (आन्दोलन, पृष्ठ १)
२. जनप्रतिनिधिहरु ः ठेक्कापट्टा र अनियमितमा (समयको चित्रवित्रिच, पृष्ठ ५)
३. घाउ र मुटुमा उपचारै नलाग्दो रहेछ, आगो झै बल्दो रहेछ, निभाउनै नसकिने रहेछ (व्यथाको कथा, पृष्ठ १२)
४. यो केवल कविता होइन श्रोताको कथा हो, नेपाली साहित्य सर्जकहरुको व्यथा हो (कवि र कविता, पृष्ठ १४)
५. घरका लाला बाला भोक प्यासमा, भकुरिएकी श्रीमती रुवाईमा (नसा र दशा, पृष्ठ १८)
६. सोझा निमुखाहरुको घरमा चुल्हो बल्न गाह्रो, वीर नेपाली कहलाउनेहरु केवल मुक दर्शक ? (नेपालको मौसम, पृष्ठ १९)
७. आफ्नै जन्म भूमिमा परदेशी हुने भो रे (परिवर्तन, पृष्ठ २२)
८. शान्तिभित्रको अदृशय जलन आवश्यक छ शान्ति को मलम पट्टी (शान्तिभित्रको जलन, पृष्ठ ३२)
९. बुढा बाबु आमाको स्याहार सुसार त कता हो कता ? लुरे कुप्रे बाबु आमासँग खोज्दैछन् धेरै नोटका विटा (पसिना र आँसु सम्मिश्रित जीवन, पृष्ठ ३५)
यी उदाहरणहरुबाट बुझिहालिन्छ कि कवि न त अब गंगाका कोरा भवनामा बगेकाछन् न न फोस्रो कल्पनाको लौरो टेकी शब्द र उर्जामा जेलिएर बुझ्नै गाह्रो हुने पाएकाले कलम चलाएका छन् । कवि आहत छन् विकृतिबाट विकृतिहरुको सजीव प्रस्तुत गर्न सफल छन् । विशेष गरी प्रस्तुति व्यङ्ग्यात्मक छन् । कविताहरु पठनीय छन् र पाठकमा अमिट छाप छोड्न समर्थ छन् । समाजमा जेलिएका र जटिल विषयवस्तुलाई रुचिका शैलीमा प्रस्तुत गर्नु त कविको विशेषता नै हो । डा. इन्दुल आफैमा एक चलनफिरता कविता हुन् ।
मैले सुनेको थिएँ, संसारमा सातवटा आश्चर्य छन् भनेर । तर होइन रहेछ, डा. इन्दुलको कार्यशीलता देख्दा लाग्छ, उनी साँच्चै नै यो संसारका आठौं आश्चर्य हुन् ।
अन्त्यमा, कविता संग्रहको प्रकाशन सम्बन्धमा केहि शब्दहरु प्रस्तुत गर्न चाहन्छु । कविता संग्रहहरु प्रा.डा. कृष्णप्रसाद दाहालद्वारा सम्पादित छन् । कविका आफ्नै परिवारका सदस्यहरुद्वारा प्रकाशन गरिएको प्रस्तुत पुस्तकमा विभिन्न व्यक्तित्व र संघसंस्थाहरुबाट व्यक्त शुभकामना सन्देश पनि समावेश छन् । जम्माजम्मी ६२ पानाको प्रकाशन ५०० प्रति छापिएको छ र सहयोग रु. ३०१।– राखिएको छ । शुभकामना ।

Comments