संगमको व्याडमिण्टन प्रतियोगिता चालू
- Post Date 2021-02-03 14:19:57

भक्तपुर । संगम युवा खेलकुद सूमहद्धारा आयोजित खुल्ला भक्तपुर नगरव्यापी पुरुष जोडी व्याडमिण्टन प्रतियोगिता मंगलबार पनि जारी रहयो । मंगलबार सम्पन्न भएका चार वटा प्रिक्वाटर फाइनल खेलहरुमध्ये पहिलो खेलमा संगम युवा खेलकुद समूहका राजेश खाइजू र श्यामकृष्ण सुवालको जोडीले हायस वान स्पोर्टस् क्वलको सुशान्त नायजू र सुशान्त ग्वाछाको जोडीलाई २१ १५,२१ ११ को सोझो सेटमा पराजित गरयो । यस्तै एवीसी व्याडमिण्टन क्लबका कृष्णगोपाल श्रेष्ठ र रिसोर्ट सुवालको जोडीले केदारनाथ साकोसका किशोर ढुकुछु र सुन्दर कवांलाई २१ ७, २१ १४ को सोझो सेटले अनि एवीसी ब्याडमिण्टन क्लबकै राजेन्द्र सुवाल र अनिल याकामीको जोडीले भक्तपुर व्याडमिण्टन क्लबका आयुष प्रजापति र विष्णु सुवाललाई पराजित गरे ।
...
All Comments.......
Please Login/Register To Comments