ह्वाउ ! ख्वपको मानविकी, ९७ प्रतिशतसम्म विद्यार्थी उतीर्ण


माघ १९, २०७७, सोमबार | विहान ०९:१४ बजे | 45


भक्तपुर । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप कलेजमा मानविकी संकाय अध्ययन गर्न चाहने विद्यार्थीको पनि आकर्षण देखिएको छ । उत्कृष्ट परीक्षाफलका कारण यहाँं मानबिकी संकाय पढ्न चाहने विद्यार्थीको संख्या पनि वर्षेनी वढ्दो रहेको तथ्यांक छ ।
मानविकी संकायको स्नातक तह प्रथम वर्ष वीए, बीएडव्लु पढ्ने विद्यार्थीको संख्या यहाँं निरन्तर वढ्दो रहेको पाइएको छ । अनुभवी शिक्षकहरुले मायालु वातावरणका साथ अध्ययनअध्यापन गराउने भएकाले यहाँं मानविकी संकाय अध्ययन गर्न चाहने विद्यार्थीको संख्या पनि वढ्दो रहेको विश्लेषण छ ।
कलेजले राखेको तथ्यांक अनुसार बीए वीएसडव्लूमा २०७० सालमा जम्मा ५६ जना मात्रै विद्यार्थी अध्ययनरत थिए । त्यसपछि कलेजमा मानविकी संकाय अध्ययनका लागि २०७१ सालमा ५१ र २०७२ सालमा ९१ जना विद्यार्थी कलेजमा भर्ना भए ।
त्यसपछि २०७३ सालमा यहाँं मानविकी संकाय पढ्ने विद्यार्थीको संख्या एकैपटक ह्वात वढे । उक्त साल त्यहाँं एक सय २७ जना विद्यार्थी भर्ना भए । जुन भर्ना संख्या अघिल्लो वर्षको तुलनामा ३६ जना वढी हो । त्यसपछि क्रमशः २०७४ मा एक सय २१, २०७५ मा एक सय ४२, २०७६ मा एक सय २८ जना विद्यार्थी भर्ना भए ।
ख्वप कलेज वीए वीएसडव्लू एवं एम ए इगलिशका इन्जार्ज कमिनिका न्याइच्वाई गुणस्तरीय पढाईका कारण यहाँं मानविकी संकायमा पढ्न चाहने विद्यार्थीको आकर्षण भएको सुनाउँंछन् । भक्तपुरभरिका मात्रै नभई बनेपा, पनौती, धुलिखेललगायतका ठाउँंका विद्यार्थीको आकर्षण पनि ख्वप कलेज रहेको उनको भनाई छ ।
यहाँं मानविकी संकायको परीक्षाफल पनि उत्कृष्ट रहँंदै आएको छ । कलेजले राखेको तथ्यांक अनुसार यहाँं २०७४ मा पहिलो वर्षमा ८८ प्रतिशत विद्यार्थी उतीर्ण भएका थिए । साथै, दोश्रो वर्षमा ८७ प्रतिशत र तेश्रो वर्षमा ८५ प्रतिशत विद्यार्थी उतीर्ण भएका थिए । त्यसपछिको वर्षहरुमा विद्यार्थीको उतीर्ण प्रतिशत अझ लोभलाग्दो गरी वढी प्रतिशत बिद्यार्थी उतीर्ण रहेको तथ्यांक छ । यहाँं मानविकी संकायमा ९७ प्रतिशतसम्म विद्यार्थी उतीर्ण भएका छन् ।  
२०७५ मा पहिलो वर्षमा ८४ प्रतिशत, दोश्रो वर्षमा ९७ प्रतिशत र तेश्रोमा ९६ प्रतिशत विद्यार्थी उतीर्ण हुन सफल भएका थिए । साथै २०७६ मा पहिलो वर्षमा ६० प्रतिशत, दोश्रोमा ९२ प्रतिशत र तेश्रोमा पनि ९२ प्रतिशत विद्यार्थी उतीर्ण भएको तथ्यांक छ ।
स्नातक तहमा यहाँं सोसियोलोजी, सोसियल वर्क, पोलिटिकल साइन्स, कल्चर, इकोनोमिक्स, इगलिश, जर्नलिज्म, म्याटम्याटिक्स, नेपाली, साइकोलोजी, रुरल डेभलपमेन्ट र स्याटिटिक्स गरी १२ वटा विषयहरुमा पढाई भइरहेका छन् । यी विषयहरुमा पनि सोसियल वर्क, साइकोलोजी, जर्नलिज्म, रुरल डेभलपमेन्ट र इगलिश जस्ता विषयहरु पपुलर छन् ।
पोलिटिकल साइन्स र कल्चर जस्ता महत्वपूर्ण विषयहरुमा विद्यार्थीको आकर्षण वढाउन यहाँं पढ्ने विद्यार्थीका लागि भक्तपुर नगरपालिले छात्रबृतिको व्यवस्था गरेको कलेजका प्राचार्य रुपक जोशी बताउँंछन् । भविष्यका लागि चाहिने जनशक्ति उत्पादन होस् भन्ने हेतुका साथ नगरपालिकाले यीबाहेकका विषयहरुमा पनि छात्रबृतिको व्यवस्था गर्दै आएको प्राचार्य जोशीले जनाए ।
कलेजमा साइन्स, म्यानेजमेन्ट, आर्टस्, एजुकेशन गरी चार वटै संकायमा प्लस टुदेखि माष्टर्ससम्मको पढाई हुँंदै आएको छ ।

Comments