जेनजीको आन्दोलन चर्किंदैः काठमाडौंमा थप एक गरी दुईजनाको मृत्यु
भदौ २३, २०८२, सोमबार | दिउँसो ०३:१८ बजे | 130
काठमाडौं । ‘जेन जी’ पुस्ताले काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
सोमबार भएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएकामध्ये एक २२ वर्षीय युवकको मृत्यु भएको थियो । थप एक जना प्रदर्शनकारीको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको आन्दोलनकारीले जनाएका छन् । उनीहरुका अनुसार उनी पुरुष थिए । साथै उनी जेनजी पुस्ताका होइनन् । उनी प्रौढ उमेरका हुन् । मृतकको नाम खुल्न सकेको छैन, उनले भने ।
सिभिल अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. मोहन चन्द्र रेग्मीले अस्पतालमा एक जनाको मृत्यु भएको पुष्टि गरे । सोमबार दिउँसो प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । झडपका क्रममा प्रहरीले गोली चलाएको थियो । घटनामा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी करिब ७७ जना घाइते भएका छन् । यसैवीच पोखरामा पनि कर्फ्यु आदेश जारी भएको जनाइएको छ ।
