भक्तपुरमा देउवाको शालिक देउजाले गर्ने !


भदौ २१, २०८२, शनिबार | राति ०९:३६ बजे | 70


भक्तपुरमा देउवाको शालिक देउजाले गर्ने !

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं १० देउजागाउँंमा दुईजना देउजा बंशका देउवाको शालिक प्रतिष्ठान गरिने भएको छ । देउजा बंश प्रतिष्ठान २०७२ को शनिबार देउजागाउँं भक्तपुरमा भएको २८ औं जन्मदिवस तथा १६ औ साधारणसभामा यस्तो जानकरी दिइएको हो । कार्यक्रममा दिइएको जानकारी अनुसार उदयसिंह देउवा र भीमसेन देउवा दुईजनाको शालिक देउजागाउँंमा प्रतिष्ठापन गरिने भएको हो । 
देउजाहरुको वंशावली खोज्दै जाँंदा उदयसिंह देउवा नै देउजा बंशको पहिलो पुस्ता भएकाले देउवाको शालिक निर्माण गरी प्रतिष्ठान गर्न लागेको कार्यक्रममा जनाइयो । कार्यक्रममा अध्यक्ष पदमबहादुर देउजाले बताए अनुसार देउजाहरुको थर पहिला देउवा थियो । त्यसकारण पहिलो पुस्ता उदयसिंहको शालिक बनाइ प्रतिष्ठापन गर्न लागेको उनको भनाई हो । साथै भीमसेन देउवा तत्कालिन नेपालको रक्षाको युद्धमा बहादुरीका साथ शहिद भएको देउजा वंश भएकाले साथमा उनको पनि शालिक प्रतिष्ठान गर्न लागेको कार्यक्रममा जनाइयो । 
शालिक सूर्यविनायक नगरपालिका वडा नं १० देउजागाउँंस्थित पर्ति जग्गामा राखिनेछ । यसको लागि सूर्यविनायक नगरपालिकासँंग स्वीकृत प्राप्त भइसकेको जनाइयो । साथै शालिक निर्माण पनि थालिसकेको जनाइएको छ । काम पूरा गर्नका लागि २९ लाखको बजेट इष्टमेट भएको जनाइयो । बजेटको लागि सहयोग संकलन कार्य जारी रहेको पनि जनाइयो । शालिक यही वर्षभित्र निर्माण सम्पन्न गरी प्रतिष्ठापन गरिसक्ने योजना रहेको कार्यक्रममा जनाइयो । 
देउजागाउँंको भीरालो पर्ति जग्गामा शालिक प्रतिष्ठान गर्ने भएको हो । हाल त्यहाँं देउजाहरुकै सार्वजनिक भबन पनि बनिसकेको छ । यही रहेको पर्ति जग्गामा शालिक प्रतिस्ठापन गर्न लागेको हो । यो ठाउँं भक्तपुरको अरनिको राजमार्ग अन्तर्गत नंखेलबाट करिव एक किलोमिटर भित्र रहेको छ । 
 

Comments