सन्त रामपालजी महाराजको ७५औँ अवतरण दिवस: भव्य महासमागम
भदौ १८, २०८२, बुधबार | विहान १०:१९ बजे | 4835
धनुषा, मधेस प्रदेश: समाज सुधारको अनमोल मिशनका साथ अगाडि बढिरहनुभएका विश्व विख्यात जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको ७५औँ अवतरण दिवसको पवित्र अवसरमा आगामी मिति २०८२ भदौ २१ देखि २३ गते (६ देखि ८ सेप्टेम्बर २०२५) सम्म नेपालको सतलोक आश्रम धनुषा, मिथिला नगरपालिका-२, बेलाचापी, महेन्द्रनगर पुलदेखि पश्चिम, धनुषा, मधेस प्रदेश, नेपाल लगायत भारतका ११ वटा सतलोक आश्रमहरूमा भव्य महासमागम कार्यक्रम आयोजना हुने भएको छ।
यो तीन दिवसीय कार्यक्रममा विशाल भण्डारा, अखण्डपाठ, दाइजोमुक्त विवाह, आध्यात्मिक प्रदर्शनी, विशाल सत्संग, रक्तदान शिविर, निःशुल्क नाम दीक्षा जस्ता विविध कार्यक्रमहरू समावेश हुने जानकारी प्राप्त भएको छ। पूर्ण ब्रह्म कबीर उपासक समाज नेपालका अनुसार यो कार्यक्रम विश्वभरका सतलोक आश्रमहरू र पश्चिमी देशहरूमा रहेका नामदान केन्द्रहरूमा समेत विभिन्न रूपमा भव्यताका साथ आयोजना हुनेछ।
सन्त रामपालजी महाराज र उहाँका अनुयायीहरूले विश्वभरका मानव समुदायलाई यो पवित्र महासमागममा सहभागी हुन खुला निमन्त्रणा दिनुभएको छ। सम्पूर्ण व्यवस्था निःशुल्क हुने यो कार्यक्रममा लाखौं सन्त रामपालजी महाराजका अनुयायी एवं गैर अनुयायी, उच्च पदस्थ सरकारी कर्मचारी एवम् विशिष्ट व्यक्तित्वहरूको पनि सहभागिता रहने भएको छ।
यो ऐतिहासिक महासमागममा सहभागी भई आध्यात्मिक ज्ञान र सामाजिक सुधारको सन्देश प्राप्त गर्न सम्पूर्ण पुण्यात्माहरुलाई हार्दिक निमन्त्रणा छ। साथै कार्यक्रमको प्रत्यक्ष प्रसारण Satlok Ashram Dhanusha युट्युब च्यानल र फेसबुक पेज मार्फत पनि हेर्न सकिने नेपालस्थित आयोजक पूर्ण ब्रह्म कबीर उपासक समाज, नेपाल ले जनाएको छ।
