भ्रष्टाचारविरुद्ध हेम पाठकको नयाँ गीत ‘मधेशी, पहाडी, हिमालका हिमाली’ सार्वजनिक
भदौ १५, २०८२, आइतबार | राति ०९:५९ बजे | 185
काठमाडौँ। भ्रष्टाचारविरोधी अभियन्ता हेम पाठकले भ्रष्टाचार र अन्यायविरुद्ध सन्देश बोकेको नयाँ चेतनामूलक गीत ‘मधेशी, पहाडी, हिमालका हिमाली’ सार्वजनिक गरेका छन्। हेम–सरिता पाठक फाउन्डेशनको प्रस्तुतिमा आएको यो गीतलाई जीवन शर्माको शब्द, सङ्गीत र स्वर रहेको छ। फाउन्डेशनको “सचेतना” नामक सांगीतिक अभियानअन्तर्गत सार्वजनिक गरिएको यस गीतले सत्य, इमानदारी र न्याय अन्ततः विजयी हुने विश्वासलाई उजागर गरेको छ। गीतमार्फत भ्रष्टाचार र बेइमान प्रवृत्तिका विरुद्ध उठ्नुपर्ने सन्देश दिइएको छ भने एकता र आशाको सन्देशलाई जोडदार रूपमा प्रस्तुत गरिएको छ। यस अघि पनि फाउन्डेसनले घाँस काट्ने किसान दाईलाई, एक दिन पक्कै जानुपर्ला अख्तियारैमा, कोरी बाटी गरेपो केश राम्रो बन्छ... भ्रस्टाचार हटेपो देश राम्रो बन्छ लगायतका गीतहरु सार्वजनिक गरिसकेको छ ।
