३ जना लव्ध प्रतिष्ठित व्यक्तित्वहरूलाई खाेपृङ सम्मान
भदौ १५, २०८२, आइतबार | विहान ११:०६ बजे | 570
काठमाण्डाै,
भक्तपुर विकास सहयाेग सङ्घले डि.डि.आई. बैङ्क्वेट, बुद्धनगर,काठमाण्डाैमा आयाेजना गरेकाे ३१ अाैं वार्षिक साधारण सभामा ३ जना लव्धप्रतिष्ठित व्यक्तित्वहरू क्रमश: वरिष्ठ गायक एवम् संगितकार सत्यनारायण मानन्धर, पाराअाेलम्पिक खेलाडी पलेशा गाेवर्धन र पर्वताराेही एवम् पत्रकार कल्पना महर्जनलाई खाेपृङ सम्मान - २०८२ बाट सम्मान गरिएकाे छ । अत्यन्तै भव्य, सभ्य र व्यवस्थित रूपमा आयाेजित उक्त कार्यक्रमलाई सम्वाेधन गर्नु हुँदै प्रमुख अतिथि संस्कृति शिराेमणी हरिराम जाेशीले "क्षणिक र अस्थायी कार्ययाेजना दीगाे नहुने भएकाेले सङ्घकाे अगुवाईमा काठमाण्डाै र ललितपुरलाई पनि समेटेर भक्तपुरका साँस्कृतिक एवम् पुरातात्विक अध्ययनमा आधारित अन्वेषणात्मक पुस्तक प्रकाशन गरी चीरकालसम्म स्थायित्व हुनुपर्ने कार्य गरेमा इतिहासमा समग्र भक्तपुरकै मान, सम्मान र प्रतिष्ठा बढ्ने" बताउनुभयाे ।
सङ्घका पूर्व अध्यक्ष एवम् सल्लाहकार कृष्णलाल प्रधानले सभाध्यक्षकाे आसनबाट बाेल्नु हुँदै " तत्कालिन भक्तपुर शहरप्रतिकाे नकारात्मक धारणामा परिवर्तन आएकाे र भक्तपुरकाे स्वास्थ्य,शिक्षा, कला संस्कृतिकाे विकास र प्रवर्द्धनकाे लागि भक्तपुर विकास सहयाेग सङ्घले लिएकाे उद्येश्यलाई अात्मसात् गर्दै सहभागितामूलक र सबैकाे सहयाेगबाट साैहार्दपूर्ण ढङ्गबाट प्रस्तुत कार्ययाेजनालाई सफलता तर्फ उन्मुख बनाउनुपर्ने " मा जाेड दिनुभयाे । त्यसैगरी सङ्घका निवर्तमान अध्यक्ष राजाराम जाेशीले कठिन परिस्थितिबाट अनेक उतार चढावका बावजुद सङ्घले विविध कृयाकलाप गर्दै आफूलाई सफल संस्थाकाे रूपमा रूपान्तरण गर्ने प्रयासकाे लागि शुभकामना व्यक्त गर्नुभयाे । त्यसैगरी साेही समाराेहमा बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गी श्रेष्ठले आफ्नाे प्रयासबाट प्रदेशका विद्यालयहरूमा नैतिक शिक्षा अनिवार्य गर्ने, भक्तपुरकाे प्राय: सामुदायिक विद्यालयहरूमा बजेटकाे व्यवस्थाकाे लागि पहल गरेकाे प्रसङ्ग काेट्याउनु हुँदै सङ्घले भक्तपुरमा नै आफ्नाे भवन बनाउन जग्गाकाे व्यवस्था गरेकाे खण्डमा प्रदेश सरकारबाट र साँसद काेषबाट बजेट विनियाेजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । त्यसैगरी सङ्घका अध्यक्ष राजुमृगेन्द्र जाेशीले "सामाजिक विकास र उत्थानकाे निम्ति सेवा प्रवाह गर्दै सामाजिक विकास विना देश विकास असम्भव हुन्छ भन्ने मूल्य मान्यतालाई आत्मसात् गर्दै विभिन्न समयमा विभिन्न गतिविधिहरू मार्फत् सङ्घले आफ्नाे सेवा विस्तार गर्दै आईरहेकाे " बताउनुभयाे । साथै उहाँले प्रमुख अतिथिज्यूकाे परिकल्पना बमाेजिम राख्नुभएकाे धारणालाई मूर्त रूप दिन सङ्घले आगामी कार्ययाेजना अन्तर्गत उक्त पुस्तक प्रकाशन गर्ने उद्घाेष गर्नुभयाे । कार्यक्रममा सम्मानित व्यक्तित्वका तर्फबाट पलेशा गाेवर्धनले मन्तव्य राख्नुभएकाे थियाे भने अर्का सम्मानित व्यक्तित्व सत्यनारायण मानन्धरले नेपालभाषाकाे गीत" झीगु ख्वप दे हाई हाई झीगु ख्वप दे" गाएर मनाेरन्जन प्रदान गर्नुभएकाे थियाे ।
साेही कार्यक्रममा प्रमुख अतिथिले सङ्घकाे नियमित रूपमा प्रकाशन हुँदै आईरहेकाे सङ्घकाे बाैद्धिक सम्पति खाेपृङ २७ अाैं अङ्ककाे सार्वजनिकिकरण गर्नुभएकाे थियाे । त्यसैगरी खाेपृङ मुठ्ठीदान कार्यक्रम अन्तर्गत " खाेपृङ रामकृष्ण रत्नेश्वरी मुठ्ठीदान शैक्षिक कार्यक्रम, " स्व. ऐश्वर्यलाल प्रधानाङ्ग तथा स्व. श्रीमति रूक्मिणी प्रधानाङ्गकाे स्मृतिमा स्थापित शैक्षिक सहयाेग कार्यक्रम , डा.अञ्जलि मल्ल शैक्षिक कार्यक्रम,श्याम कृष्ण -राजेश्वरी शैक्षिक सहयाेग कार्यक्रम, पार्वति कर्माचार्य स्मृति शैक्षिक सहयाेग , स्व.मदनकृष्ण मल्ल तथा स्व. लाेचना कुमारी बज्राचार्य मल्ल स्मृति शैक्षिक सहयाेग कार्यक्रम अन्तर्गतका शैक्षिक सहयाेग रकमहरू प्रदान गरिएका थिए ।
त्यसैगरी खाेपृङ नवदुर्गा सङ्कल्प भाेजन-२०८१ मा अमूल्य याेगदान पुर्याउनु हुने ११ वटा बिभिन्न खलहरू, खाेपृङ २७ अङ्कका २८ जना लेखकवर्ग, सङ्घले विभिन्न समयमा सम्पन्न गरेकाे कार्यक्रमका ५ जना संयाेजकहरूलाई कदरपत्र प्रदान गरिएकाे थियाे । त्यस्तैु सङ्घकाे आ.व. ०८१/८२ काे प्रगति प्रतिवेदन महासचिव प्रा.डा. माला मल्लले र काेषाध्यक्ष विदुरचरण रायले प्रस्तुत गर्नुभएकाे आर्थिक प्रतिवेदनलाई सर्वसम्मतिले पारित समेत गरिएकाे थियाे । साेही समाराेहमा २९ जना सङ्घका नयाँ आजीजन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएकाे थियाे । सङ्घका सदस्य कृष्णेश्वरी हाडाकाे सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि, अतिथि, वरिष्ठ सल्लाहकार, सल्लाहकार , पूर्व अध्यक्ष र सम्पूर्ण आजीवन सदस्यलाई द्वितिय उपाध्यक्ष एवम् साधारण सभाका संयाेजक गजेन्द्र बहादुर भुजुले स्वागत तथा प्रथम उपाध्यक्ष धर्मभक्त बलले धन्यबाद ज्ञापन गर्नुभएकाे थियाे ।
समाराेहमा आतिथ्यता गर्नुहुने प्रमुख अतिथि, अतिथिगण, सम्मानित व्यक्तित्वहरू, कदरपत्रद्वारा सम्मानित विभिन्न खलहरू, लेखकवर्ग, नयाँ आजीवन सदस्यज्युहरूलगायतलाई पूजा विधिद्वारा सङ्कल्पित पवित्र रूद्राक्षकाे माला पहिराई सम्मान गरेकाे र सबैका हातहातमा बिमाेचित बाैद्धिक सम्पति खाेपृङ-२७ अङ्क लिएकाे दृष्यले कार्यक्रमकाे शाेभा झनै बढेकाे भान हुन्थ्याे । कार्यक्रमकाे अर्काे आकर्षक पक्ष समृद्धि मल्लद्वारा गरिएकाे सगरमाथा सम्बन्धी नाेट तथा सिक्काहरूकाे प्रदर्शनि रहेकाे थियाे ।
कार्यक्रमकाे अन्तमा सङ्घका दिवंगत सम्पूर्ण अग्रजहरूकाे आात्माकाे चीर शान्तिकाे कामना गर्दै १ मिनेट माैन धारण गरिएकाे थियाे ।
