तरुण दल भक्तपुरका सचिव राजु पुरी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश
भदौ १४, २०८२, शनिबार | साँझ ०६:५२ बजे | 605
नेपाली काँग्रेस निकट नेपाल तरुण दल भक्तपुर जिल्लाका सचिव राजु पुरी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् । शनिवार रास्वपा चाँगुनारायण वडा ३ समितिको प्रथम ऐतिहासिक वडा अधिवेशनको अवसर पारेर तरुण दल भक्तपुर जिल्ला सचिव पुरी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका हुन् । यस्तै, नेकपा (एकीकृत समाजवादी) पार्टिका भक्तपुर जिल्ला सदस्य यलिसा धमला सहित करिव दुई दर्जन व्यक्ति पनि विभिन्न पार्टी परित्याग गरि पार्टी प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई पार्टीकी केन्द्रिय सदस्य एवम् प्रतिनिधिसभा सदस्य प्रा. डा. चन्दा कार्की भण्डारीले पार्टीको व्याज लगाए स्वागत गर्नुभयो । यस्तै, वडा अघिवेशनबाट धिरज न्याैपानेको नेतृत्वमा ११ सदस्य कार्य समिति पनि निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा सुरेश थापा, सचिवमा हरि कृष्ण दाहाल र सदस्यहरुमा किरण खत्री, नवीन थुयाँ, सुरेश दाहाल, सानुभाई पुकुर्टी, शुशिला न्याैपाने र सविता अधिकारी सर्वसम्मत निर्वाचित भएको चाँगुनारायण नगर समितिका सभापती रोशन थापाले जानकारी दिए । कार्यक्रममा केन्द्रिय सदस्य प्रमिला कुलुजु, वाग्मती प्रदेश संगठन विभाग प्रमुख उपेन्द्र के सी, जिल्ला सभापती रामेश्वर बस्नेत, युवा नेता साजन विश्वकर्मा, चार वटै नUगर समितिका सभापती, रास्वपा नेता रामेश्वर थापा लगायतका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमकाे संचालन नगर सचिव प्रमोद न्याैपानेले गरेका थिए ।
