नीलबाराहीमा मध्यपुर थिमि नगरपालिकालाई निशेध !


भदौ १२, २०८२, बिहीबार | राति १०:०२ बजे | 790


नीलबाराहीमा मध्यपुर थिमि नगरपालिकालाई निशेध !

भक्तपुर । नीलबाराही क्षेत्र सरोकार समितिका सचिव अनिश बैद्यले नीलबाराहीमा नगरपालिकालाई काम गर्न नदिने बताएका छन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ९ नीलबाराही जोगाउन महिनौदेखि जनश्रमदानमा नेतृत्व गर्दै आएको उनले जनश्रमताहरुले नीलबाराहीमा मध्यपुर थिमि नगरपालिकालाई काम गर्न नदिने बताए । 
नीलबाराही क्षेत्रमै भएको श्रमदाता भेला तथा अन्तरक्रिया कार्यक्रममा दस वर्षदेखि ताकेता गर्दै आए पनि वास्ता नगर्ने तर दसौं हजार जनश्रमदाताहरु काम थालेर सकिने चरणमा पुगेपछि नगरपालिकाले काम गर्न आउन लागेकाले नगरपालिकालाई काम गर्न नदिने बताए । नीलबाराही क्षेत्रको संरक्षणका लागि ल्याएको डिजाइन सार्वजनिक सुनुवाई गरी स्थानीयले स्वीकृति नदिएसम्म काम गर्न नदिने उनको भनाई हो । उनीहरुले ऐतिहासिक यस क्षेत्रलाई कुन रुपमा विकास गर्ने योजना हो, त्यो योजना नहेरी काम गर्न दिंदैनौ, बैद्यले भने । 
नीलबाराही क्षेत्रलाई पहिरो जानबाट बचाउन भन्दै जेठ ३ गतेदेखि स्थानीय भक्तजनहरुले पहिरो नियन्त्रणको काम गर्दै आएका छन् । यही वीचमा मध्यपुर थिमि नगरपालिकाले नेपाल सरकारको सहयोगमा नीलबाराही क्षेत्र जोगाउन ठेक्का सम्झौता गरी काम थाल्न लागेको हो । 
जनश्रमदाताहरुले नीलबाराहीलाई पहिरो जानबाट जोगाउँंदै मन्दिर पुग्ने मुख्य बाटो खुल्ने क्रममा पुरयाएको छ । नीलबाराही पाकिगदेखि उनीहरुले झण्डै तीन सय मिटरको बाटोमा फेदमा बाटो राखेर जग बसाउन लगाई बाटो फराकिलो बनाइसकेको छ । सडक अहिले मन्दिर नजिक पुगेको छ । यो क्षेत्रलाइ अहिले पनि प्लाष्टिकले छोपी बचाइराखेको अवस्था हो । 
मन्दिर जाने प्रवेशस्थान (पाकिग) देखि झण्डै तीन सय मिटरको सडक यसअघि पहिरो गइ मानिस मात्रै जानसक्ने गरी साँंघुरिएको थियो । तर मन्दिर पहिरो जान लागेको भन्दै स्थानीयले तल जगमा बोरामा माटो भरी माटो राखेर जग बसालेपछि अहिले दुइ लेन (दुइतफी रुपमा चारपांग्रे सवारीसाधन ओहोरादोहोर गन मिल्ने गरी) बाटो फराकिलो गरेका हुन् । यसका लागि उनीहरुले महिनौदेखि जनश्रमदानको काम गर्दै आएका थिए । काममा हजारौको जनश्रमदान हुँंदै आएको थियो । 
श्री नीलबाराही क्षेत्र संरक्षण सरोकार समितिका सहसचिव निशुल प्रजापतिले आफूहरुको अभियानलाई विफल पार्ने योजनामा सरोकारवाला मध्यपुर थिमि नगरपालिका लागिपरेको आरोप लगाए । त्यही कारण जनश्रमदानमा काम गर्नका लागि चाहिने माटो ओसारपसारमा रोक लगाएको दावी उनले गरे । पछिल्लो पटक नगरपालिकाले त्यहा माटो ओसार्न वन्देज लगाइएको छ । एक ठाउँंको माटो अको ठाउमा लान नपाइने भन्दै जिल्ला प्रशाशन कायालयमा बसेको सवर्दलीय वैठकले माटो ओसारपसारमा रोक लगाएको थियो । यसअघि जनश्रमदानका लागि चाँंगुनारायण नगरपालिका वडा नं १ बाट माटो ल्याउँदै थियो । दर्जनौ मिनीटाटाहरुबाट दैनिक सयौं माटो ल्याइ पहिरो रोक्ने काम हुदै आएको थियो तर पछिल्लो हप्ता माटो ल्याउन रोक लगाएपछि केही सयले मात्रै जनश्रमदान गरी काम हँुदै आएको छ ।
मन्दिर पुग्ने अन्य मार्गहरु पनि रहेका छन् तर ती मार्ग खुडकिला भएकाले सवारीसाधन ल्याउन मिल्दैन । साथै खासै चलनचल्तीको पनि छैन । 
काठमाडौं उपत्यकाका चार बाराहीमध्येको एक नीलबाराही क्षेत्र हो यो । सरोकारवाला मध्यपुर थिमि नगरपालिकाले आठ दस वर्षसम्म पनि वास्ता नगरेको भन्दै स्थानीय युवाको अगुवाईमा नीलबाराही क्षेत्र संरक्षण अभियान थालेको थियो । त्यस अन्तर्गत हप्ताको शनिबार, सोमबार र बुधबार तीन दिन त्यहाँं जनश्रमदानको काम हुँदै आएको छ ।  

नीलबाराही क्षेत्र पाँंच सय भन्दा वढी रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँंको मन्दिर थुम्कोमा रहेको छ । मन्दिरको चारैतिर पहिरो जाने खतरा उतिकै छ । त्यसलाई हालसम्म पनि प्लाष्टिकले छोपेर जगाउने प्रयास मात्रै हुदै आएको छ । नीलबाराही एक धार्मिकस्थल मात्र होइन, यो ऐतिहासिक सम्पदा स्थलसमेत हो । यसले मध्यपुर थिमिको मात्रै होइन, सम्पूर्ण काठमाडौ उपत्यकाबासी नेवार समुदायको आस्थाको पहिचान बोकेको छ । नीलबाराही मन्दिर क्षेत्र धार्मिक, सांस्कृतिक र पर्यावरणीय हिसाबले संवेदनशील मानिन्छ तर पनि पहिरोको जोखिममा छ । लगातारको वर्षासँगै पहिरोले मन्दिर क्षेत्रलाई जोगाउन थप चुनौती थपिएपछि स्वयमसेवीहरु जागेका हुन् । त्यही जागरुकताले नीलबाराही बचाउ अभियानमा लागेका अभियन्ताहरूको अगुवाइमा पहिरो रोकथामको लागि जनश्रमदानसहितको कार्य जारी छ । यद्यपि मध्यपुर थिमि नगरपालिकाले करौडौ रकमबाट काम हुने जनाएको छ । नगरपालिकाले योजना अगाडि सारिरहेको बताइरहँदा आठ दस वर्ष कुर्दा पनि केही नभएपछि स्थानीयले अभियान नै थालेका थिए ।
 

Comments