जलवायु परिवर्तन र न्यायीक रुपान्तरण विसयमा कार्यशाला सम्पन्न


भदौ ९, २०८२, सोमबार | दिउँसो ०२:०३ बजे | 250


जलवायु परिवर्तन र न्यायीक रुपान्तरण  विसयमा कार्यशाला सम्पन्न

ईश्वरी थापा

९ भाद्र २०८२;

गोदावरी नगरपालिका ,ललितपुर । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ(आईटीयुसी न्याक) र एशिया प्रशान्तद्वारा `` जलवायु परिवर्तन र न्यायीक रुपान्तरण ´´ विसयमा कार्यशाला गोदावरीमा सम्पन्न भएको छ । नेपाल ट्रेड युनियन काङ्ग्रेस (एनटीयुसी) एवं आईटीयुसी न्याकका अध्यक्ष :योगेन्द्र कुवरको अध्यक्षतामा सम्पन्न कार्यक्रम भाद्र ५ गतेदेखि गोदावरी भिलेज रिसोर्टमा शुरु भएको थियो । जिफन्ट महासचिव ;लक्ष्मण शर्माले ``न्यायीक रुपान्तरणमा श्रमिकको अधिकार ´´ , जिफन्ट उपाध्यक्ष तथा स्कुल बिभाग प्रमुख :बिदुर कार्कीले पर्यावरणीय परिवर्तन अभियानमा ट्रेड युनियनकर्मीहरुको आगामी कार्ययोजना कस्तो छ?भुमिका के के हुन सक्छ विषयमा सहजीकरण गर्नुभएको थियो । `` हरित रुपान्तरण ´´ , जलवायु परिवर्तनका चुनौती ,मुद्दाहरु ,सिद्धान्तमा आईटीयुसी न्याक र एपीका डाईरेक्टर ब्रदर ;सतोसी तमै डीटीडीए हेड लोट्टे ईलेगार्ड द्वारा प्रशिक्षण दिईएको कार्यक्रम समय सापेक्ष उत्कृष्ट रहेको सहभागीको भनाइ छ । एनटीयुसी उपाध्यक्ष एवम् न्याकका सल्लाहकार ;गणेश बहादुर केसीले हरितगृह ,न्यायीक रुपान्तरणमा आईटीयुसीको क्रियाकलापबारे सम्क्षिप्तिकरण दिईएको थियो । त्यसैगरी जलवायु र ईनर्जी पोलिसी एक्सपोर्ट :अभिषेक यादवले जलवायु नीति र एन. डी .सी 03 का बारेमा जानकारी दिईएको कार्यक्रम नौलो विषय रहेको बझाई रह्यो । क्रमश :अन्लाईन क्याम्पिपनमा सुनिल शर्मा ,एशिया प्रशान्तमा देखिएको चुनौती ,अबसरमा जोन पावल मगलाङ ,वन वातावरणमा उपसचिव :नरेश शर्माले नेपाल सरकारको तर्फबाट नीतिमा देखाइएको कदम सर्हानिय भएको भनाई राख्नु भएको थियो । ३ दिनसम्म चलेको कार्यशालामा रामचन्द्र कार्की,बलदेव तामाङ ,सोम तामाङ, श्रम क्षेत्र र युवा वालवालिका परेको असर ,अनौपचारिक क्षेत्र ,कृषि लगायत विषयमा आ आफ्नो धारण प्रस्तुतीकरण रहेको थियो । ३ वटै महासङ्घका प्रतिनिधिहरुले आगामी २०८२-८३ को कार्ययोजना र भुमिकाको कार्यपत्र तयार गरि आयोजक समक्ष हस्तान्तरण गरेको छ । कार्यक्रममा फिलिपिन्स ,नेपाल ,जापान ,डेनमार्क ,सरकारको प्रतिनिधि ,पत्रकार ,बुद्धिजिबीहरु लगायतका ९ जना प्रशिक्षक ,९ महिला ,१७ युवा सहित २६ जनाको सहभागीता थियो । अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागीहरुलाई आयोजकको तर्फबाट प्रमाणपत्र वितरण गरेको थियो ।

Comments