नेपाल इन्जिनियरिङ कलेजमा जेहन्दार विद्यार्थीलाई छात्रबृत्ति
माघ ७, २०७७, बुधबार | दिउँसो ०१:३१ बजे | 30
काठमाडौं । गैरनाफमुलक रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले जेहन्दार विद्यार्थीहरूलाई लक्षित गरीविभिन्न छात्रबृत्तिहरूको घोषणाका साथ भर्ना फारम वितरण थालेको छ । कलेजमा पहिलो चरणमा आइतबार माघ ११ गते प्रवेश परीक्षा हुँदैछ ।नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँगुनारायण भक्तपुरका प्रवेश परीक्षा समितिका संयोजक एवं सहप्राध्यापक बाबुराम भट्टराईले ५० प्रतिशतसम्म छात्रबृत्तिको व्यवस्था रहेको जानकारी गराए । बिई इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन अध्ययन गर्न चाहने विद्यार्थीलाई ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको प्रवेश परीक्षा समिति संयोजक सहप्राध्यापक भट्टराईले जानकारी गराए । त्यस्तै कलेजमा बिई इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, बिई कम्प्युटर इन्जिनियरिङमा २५ प्रतिशत छुटको व्यवस्था रहेको भट्टराईले जानकारी गराए । यसबाहेक प्रादेशिक छात्रबृति, स्थानीय छात्रबृति र प्रवेश परीक्षामा सर्वाधिक अंकल्याएका तथा उच्च अंक ल्याउन सफल विद्यार्थीहरूलाई पनि विभिन्न छात्रवृत्तिको व्यवस्था भएको उनले जानकारी गराए ।कलेजमा बिई सिभिलमा १४४, बिई सिभिल एण्ड रुलरमा ४८, बि आर्किटेक्चरमा ४८, बिई इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्समा ४८, बिई कम्प्युटर इन्जिनियरिङमा ९६, बिई इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा ९६, बिई सिभिल फर डिप्लोमा होल्डर्समा ४८ कोटा रहेको छ ।शिक्षा क्षेत्रमा विगत २६ वर्षदेखि सञ्चालित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा ख्याति प्राप्त गैरनाफामुलक सामाजिक संस्थाको रुपमा रहेको कलेजमा प्रत्येक वर्ष अध्ययन गर्न चाहने विद्यार्थीहरुको संख्या अत्याधिक रहने गरेको कलेजले जनाएको छ । कलेजको गाडी तथा सार्वजनिक यातायातबाट पनि सजिलै पुग्न सक्ने भई यातायातको सुविधा राम्रो रहेकाले यहाँ पढन आउने विद्यार्थीको आकर्षण बढेको कलेजको भनाई छ । पूर्णकालिन तथा अनुभबी शिक्षकका कारण यहाँको शैक्षिक गुणस्तर उच्च रहेकाले पनि कलेजप्रति विद्यार्थीको आकर्षण वढ्दो रहेको कलेजको भनाई छ ।भक्तपुरको चाँगुनारायण नगरपालिका दुवाकोटका ठूलो क्षेत्र र प्रसस्त पूर्वाधार (भबन तथा प्रयोगशाला)हरूसमेत रहेको कारण कोभिडको समयमा पनि सामाजिक दुरी कायम गरी पठनपाठन गराउन सकिने कलेजले जनाएको छ ।