भक्तपुर । भक्तपुर जिल्ला फुटबल संघले अखिल नेपाल फुटबल संघ(एन्फा)को १९ औं साधारण सभा भोलि ६ गते हुने भएकोले सहभागिताको लागि अध्यक्ष गौतम सुजखुको हस्ताक्षरित अपिल प्रकाशित गरेको छ ।

भक्तपुर जिल्ला फुटबल संघका उपाध्यक्ष रामकृष्ण प्रजापतिले भक्तपुर जिल्ला फुटवल संघ अखिल नेपाल फुटवल संघ(एन्फा)का प्रतिनिधि संजिब मिश्र लगायतको उपस्थितिमा मिति २०७४ चैत २७ गते साधारण सभा सम्पन्न भएको बताउनु भयो । उहा“ले एन्फाको मिति २०७६ श्रावण १४ गते आपतकालिन समितिको बैठकबाट छानविन समितिले दिएको प्रतिवेदनको आधार मुलत तिन वटा बु“दामा दिएको रायसहितको निष्कर्षका साथै एन्फाको निर्देशन नियमावली र कानुनी प्रक्रिया समेतको उल्लंघन गरी जिल्ला लिग समेत सञ्चालन गरेको र क्लब दर्ता समेतका आधारहरु समेत पुरा नगरी एन्फाको विधान र नियमावली अनुसार हुनु पर्ने क्लब दर्ता समेत नभएको र प्रक्रिया पु¥याउनु पर्ने क्लब संख्या समेतको आधारमा कानुनी प्रकृया पुरा नभएको र कानुनी प्रकृया अनुसार क्लबहरु दर्ता नभएको जिल्ला प्रशासन कार्यालय, भक्तपुरको पत्रबाट क्लब तथा टिमको दर्ता एवं नविकरण समेत नभएको÷नगरेको भनि पत्र प्राप्त भएको साथै अन्य निकायहरुमा समेत आवद्धता नरहेको पाइएको तथा एन्फाद्धारा प्रेशित प्रतियोगिता नियमवालीको नियम १६ को सारांशमा सहि छाप गरी बन्द गरेको कागजको तल पट्टीको खाली भागमा सच्याई आफु अनुकुलको रकम उल्लेख गरी निर्देशन र नियम विपरित तवरले रकम उठाई लिग संचालन गरेको पाइएकोले र जिल्ला लिग संचालन गर्दा प्रक्रियागत त्रुटीहरु समेत गरेको पाईएको हुंदा उल्लेखित बु“दाहरुमा पनि छलफल हुंदा संघको विधानको धारा १४ को उपधारा १ को (क) र (ट) तथा धारा २१ को उपधारा ३ को विपरितको गतिविधि गरेको देखिएको हुंदा एन्फाको निर्णय निर्देशनहरु कार्यान्वयन नगरेकोले विधानको धारा ५४ अनुसार एन्फा सदस्य भक्तपुर जिल्ला संघको कार्य समितिलाई प्रतिस्थापन गरी सोको स्थानमा एक नया“ भक्तपुर जिल्ला फुटबल संघको तदर्थ समिति गठन गर्ने साथै सो तदर्थ समितिलाई विधानको धारा १४ र धारा २१ समेतको अधिकार प्रयोग गराउने र एन्फाको प्रत्यक्ष निर्देशन र अनुगमनमा रहने गरी विद्यमान कोविड–१९को महामारीमा नेपाल सरकारबाट लागु गरिएको लकडाउन पूर्ण रुपमा अन्त्य भए पश्चात शुरु हुने गरी ६ महिना भित्र कार्यदेश रहने गरी १३ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो ।

उहा“ले भक्तपुर जिल्ला फुटबल संघले विभिन्न फुटबल प्रतियोगिताहरु संचालन गरेको साथै एन्फाको मिति २०७६ श्रावण १४ गते आपतकालिन समितिको बैठकबाट छानविन समितिले दिएको प्रतिवेदनको आरोप निराधार रहेको जस्तै भक्तपुर जिल्ला फुटबल संघको बैठक बसी जिल्ला लिग सञ्चालनमा क्लब दर्ताको लागि स्थानीय पत्रिकामा १० दिनको म्याद राखी सूचना पठाएको सोहि अवधिमा दर्ता गरेको टिमक्लब राखी लिग सञ्चालन गरेको र नियम पक्रिया नपु¥याई दर्ता गर्न आएको टिम क्लबलाईमात्र दर्ता नगरेको बताउनुभयो । उहा“ले सो सम्बन्धमा छानबिन समितिका प्रतिनिधि मधुसुदन उपाध्यायलाई भक्तपुर आउ“दा धारा २१ उपधारा ३ (क) र (ट) अनुसार रहेको प्यान सहितको टिमक्लब दर्ताको कागजात पेश गरेको थियौं । साथै लिग संचालनको लागि एन्फाबाट प्रेशित प्रतियोगिता नियमावलीले जिल्ला संघलाई दिएको अधिकार प्रयोग गरी जिल्ला संघको निर्णय भए अनुसार सो नियमावलीको अन्तमा दर्ता र धरौटी शुुल्क र लिगको अन्तिम निर्णायक अधिकार जिल्ला संघलाई हुने भनि थप गरी टिमक्लबलाई पत्राचार गरेको र एन्फाको नियमावली सच्चाईएको होइन् भन्नुभयो । अपिल यसै साथ संलग्न छ ।
...

All Comments.......


Please Login/Register To Comments