बीबीएममा आकर्षण वढाउँंदै ख्वप कलेज


माघ ४, २०७७, आइतबार | दिउँसो १२:२६ बजे | 10


भक्तपुर । भक्तपुरको देकोचास्थित ख्वप कलेजमा वीवीएम पढ्ने विद्यार्थीको आकर्षण वढेको छ । पहिलो पटक १८ जना विद्यार्थीबाट सुरु भएको यो कलेजमा दोश्रो वर्षमा एकैचोटी पूर्ण कोटामा विद्यार्थी भर्ना भएका थिए । वीबीएममा त्यहाँंको कोटा ४४ जना विद्यार्थी भर्ना गर्ने रहेको छ ।
कलेजले राखेको तथ्यांक अनुसार बीबीएम कक्षा सञ्चालनको पहिलो वर्ष शैक्षिक सत्र २०७५।०७६ मा १४ जना छात्रासहित कुल १८ जना विद्यार्थी भर्ना भएकोमा दोश्रो वर्ष अर्थात् शैशिक सत्र २०७६।०७७ मा यहाँ ३१ जना छात्रासहित फुल (पूर्ण) कोटा अर्थात् ४४ जना विद्यार्थी भर्ना भएका थिए ।
यो वर्ष यसको आकर्षण अझ वढी हुने हामीले देखेका छौं, कलेजका प्राचार्य रुपक जोशीले भने । तर पनि यो वर्ष पनि त्यहाँं फुल कोटा ४४ जना नै रहेको जानकारी प्राचार्य जोशीले गराए । यो वर्ष प्लस टुको रिजल्ट यही हप्ता आउँंदैछ । प्लस टुको रिजल्टसँंगै विद्यार्थी स्नातक तहमा भर्ना हुने क्रम सुरु हुनेछ ।  

कलेजमा स्नातक तहमा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा गरी चार वटै संकायमा माष्टर्ससम्मको पढाई हुने गर्दै आएको छ । जसमा सवै परीक्षाको परीक्षाफल पनि उत्कृष्ट देखिंदै आएको छ ।
[[img2]]
कलेजले राखेको तथ्यांक अनुसार प्रत्येक वर्ष त्यहाँ ६५ प्रतिशत हाराहारीमा विद्यार्थी उतीर्ण हुँंदै आएका छन् । जुन राष्टिय परीक्षाफलको तुलनामा निकै राम्रो परीक्षाफल हो । कलेजले राखेको तथ्यांक अनुसार स्नातक र स्नाताकोतर तह सवै मिलाएर यहाँंको परीक्षाफल ६५ प्रतिशतको हाराहारीमा रहेको छ । शैक्षिक सत्र २०७४।०७५ मा स्नातक र स्नाताकोतर तह दुवै गरी त्यहाँंको उतीर्ण प्रतिशत ६६ दशमलब चार थियो भने शैक्षिक सत्र २०७५।०७६ मा ६२ दशमलब ७९ र शैक्षिक सत्र २०७६।७७ मा ६५ दशमलब ८३ प्रतिशत रहेको थियो ।
कलेजमा स्नातक तहमा बीबीएस, बीए, बीएस्सी, बीबीएमको पढाईहरु भइरहेका छन् । साथै स्नातकोतर तहमा एमवीएस, एमए अंग्रेजी, एमए इकोनोमिक्स र एमएसीको पढाई भइरहेका छन् ।

फाेटाेमा हेर्नुहाेस्...

Comments