देशभर आज माघे संक्रान्ती मनाउर्दै


2021-01-14 05:28:00

विनिता थापा
भक्तपुर । माघ महिनाको पहिलो दिन लाई माघे संक्रान्ती पर्व भनिन्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले यस दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । माघे संक्रान्तीका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन रहेको छ । जाडोमा न्यानो प्रदान गर्ने हुनाले माघे सङ्क्रान्तिका दिन यी परिकार खाने खाने गरिएको हो । माघे संक्रान्तिका पर्व नजिकिएसँगै बजारमा तरूल , पिँडालु र सखरखण्डा लगायतका कन्दमुलको माग बढेको छ । माघे संक्रान्ति पर्वसगँ तरूल , पिँडालु र सखरखण्डा लगायतका कन्दमुलको गहिरो साइनो समेत  रहेको छ ।
अहिले बजारमा लोकल तरुल ,  पिँडालु ,  सखरखण्डा , घत तरुल, सिम्ले तरुल , तराई को साधा बहर तरुल सजिलै पाउन सकिन्छ ।  नेपली बजारमा उपभोक हुने तरूल लगायतका कन्दमुल मुख्यगरि तराई क्षेत्रमा उत्पादन हुने गरेका छन् । धादिङ, मकवानपुर , बनेपा , नवलपरासी लगायतका जिल्लाबाट समेत यी बस्तु काठमाडौं भित्रिने गरेको छ । संक्रान्ति नजिकँदै जाँदा बजारमा यी बस्तुको माग पनि बढने गर्दछ  । साथै  माघे संक्रान्तिका दिन अनिवार्यरूपमा कन्दमुल खानु पर्ने जनविश्वासका कारण यी बस्तुको व्यापार बढ्ने गर्छ । तर आघिलो साल को तुलनामा यसपाली कन्दमुल को मूल्य बढ्यको माग भने घटेको ब्यापारी मनोज खत्रीले
बताएका छन्।
परम्परा देखि नै चल्दै आएको चलन रहेकाले माघे संक्रान्तिमा तरुल , पिँडालु  लगायतका कन्दमुल खाने गरेको र बिशेस लोकल तरुल खाने खाने गरिन्छ । मान्छेहरुले आहिले कृषि तिर ध्यान नदियकोले यसको मूल्य बढदै गएको सुर्यविनायक नगरपालिका बडा नम्बर १० का ग्राहक भरत खड्का ले   गुनासो गरेका छन्न ।

बिहान नुहाएर  पूजा आरधना गरेर आघिलो दिन उसिनेको कन्दमुल लगायत घिउ चाकु , चाकुबाट बनेको लडूहरु देवतालाई चाडएर खाने परम्परा रहेको र पहिले पहिले आफनै खेत बारीमा फल्ने गर्दथियो भने आहिले बारीमा उत्पादन कम हुने हुनाले बजार बाट किनेर खाने गरेको तर बजार बाट किनेको तरुल , पिँडालुहरुमा आफनै खेत बारीमा फलेको जस्तो स्वादिलो नहुने स्थानीय बासिन्दा सिता थापाको भनाइ रहेको छ ।

नेपाली संस्कूति र परम्परासँग जोडिएका उत्पादन भएपनि तरूल लगायतमा वस्तुमा भारतमाथि निर्भरता रहेको छ । मौलिक परम्परा र संकूतिसँग जोडिएको यस्ता उत्पादनमा पनि आयातमा निर्भर हुनुपर्ने अवस्था भने सोचनीय विषय हो ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *