मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमिका विद्यालयहरु मघ ४ गतेदेखि खुल्ने भएका छन । मध्यपुर थिमि नगरपालिकाले मंगलबार विद्यालय सचालन सम्वन्धी सार्वजनिक सुचना जारी विद्यालय खोल्न विद्यालयहरुलाई सूचित गरेको हो ।
विद्यालय सलालन सम्वन्धी कार्यढाँंचा २०७७ अनुसार विद्यार्थीको प्रत्यक्ष उपस्थितिमा स्वास्थ्य सम्वन्धी तोकिएका मापदण्ड पालना गरी नगरपालिका अन्तर्गतका शिक्षण संस्थाहरुलाई विद्यालयहरुलाई सूचित गरेको हो ।
नगर शिक्षा समितिको सोमबार बसेको बैठकको निर्णय अनुसार विद्यालय सञ्चालन गर्न नगरपालिकाको शिक्षा शाखाले मंगलबार अनुरोध गरेको हो । जस अनुसार विद्यालय खोल्नु पूर्व विद्यालय सञ्चालन सम्वन्धी कार्ययोजना विद्यालय व्यवस्थापन समितिबाट स्वीकृत गरी लागू गर्नुपर्ने, विद्यालय प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने, तापक्रम मापन गर्ने व्यवस्था गर्ने मिलाउने जनाएको छ । साथै सवै विद्यालयहरुले संक्रमणकालिन कार्य योजना र शिक्षकहरुले संक्रमणकालिन शिक्षण योजना तयार गर्नुपर्ने जनाएको छ ।...

All Comments.......


Please Login/Register To Comments