भक्तपुर । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप माध्यमिक विद्यालय देकोचामा दुई महिनाको शिक्षण शुल्क छुट गरिएको छ । भक्तपुर नगरपालिकाको निर्देशन अनुसार साउन र भदौ दुई महिनाको मासिक शुल्क छुट गरिएको स्कुलले जनाएको छ ।

कोभिड १९ बाट हुन गएको जटिलतालाई ध्यान दिई भक्तपुर नगरपालिकाद्धारा जारी निर्देशनअनुरुप ख्वप मावि र शारदा क्याम्पस मावि सञ्चालक समितिको बैठकले शैक्षिक वर्ष २०७७।०७८ मा ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीको साउन र भदौ महिनाको मासिक शिक्षण शुल्क छुट दिने निर्णय भएको स्कुलका प्रिन्सिपल प्रकाशकुमार श्रेष्ठले जनाए ।

उक्त महिनाको मासिक शुल्क बुझाइसकेको भए पछिल्लो महिनामा समायोजन गर्ने जानकारी उनले गराए । विद्यालयमा कोभिडपछि अनलाइनमार्फत नियमित रुपमा कक्षाहरु भइरहेका छन् । कोभिडको सामान्यीकरणसँंगै पहिलो चरणमा माघ ४ गतेबाट हप्तामा दुई अथवा तीन दिन भौतिक रुपमै उपस्थित भई कक्षा सञ्चालन गर्ने योजना स्कुलले तय गरिसकेको छ ।
...

All Comments.......


Please Login/Register To Comments