खुल्न थाले कलेज पनि
पुष २०, २०७७, सोमबार | विहान ०६:५० बजे | 90
भक्तपुर । पुस १ गतेदेखि स्कुल खुलेको भक्तपुरमा अहिले कलेजहरु पनि विस्तारै खुल्न थालेका छन् । पुस १ गते बुधबारदेखि ८,९ र १० कक्षामा पढाई सुरु भएको यहाँं अहिले कक्षा ११ र १२ को पढाइ हुने दस जोड दुई तथा कलेजहरु पनि खुल्न थालेका हुन् ।
कोभिडसँंगै बन्द रहेको भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप माध्यमिक विद्यालयमा अहिले कक्षा ११ र १२ का परीक्षाहरु भौतिक रुपमै उपस्थित भई धमाधम चलिरहेको छ । कोभिडको जोखिमलाई मध्यनजर गरी सवै विद्यार्थीलाई अनिवार्य माक्स, फेस शिल्डको व्यवस्था गरी परीक्षाहरु सञ्चालन गरिएका छन् । कोभिडलाई नै मध्यनजर गरी एउटा वेन्चमा एकजना मात्रै विद्यार्थी राखी अहिले त्यहाँं परीक्षा सञ्चालन भइराखेको छ ।
ख्वप माध्यमिक विद्यालय देकोचा भक्तपुरका सहायक प्राचार्य विष्णुप्रसाद किसी कोभिडलाई ध्यानमा राखी दैनिक विहान र दिउँंसो गरी दुई सिफ्टमा परीक्षा लिइरहेको बताउँंछन् । प्रत्येक विद्यार्थीलाई अनिवार्य माक्स, फेस शिल्डको व्यवस्था गरी एउटा वेन्चमा एकजना मात्रै विद्यार्थी राखी अहिले परीक्षा चलाइराखेको सहायक प्राचार्य किसीले बताए । फेस शिल्ड नलगाइकन आउने विद्यार्थीलाई कलेजले एक सय रुपैयाँं शुल्क उठाएर सवैलाई अनिवार्य माक्स र फेश शिल्ड लगाउन दिई मात्रै परीक्षामा सामेल गराउने गरेको जानकारी उनले गराए ।
पहिला एउटा वेन्चमा तीनतीन जना विद्यार्थी राखेर परीक्षा सञ्चालन गर्ने गरेकोमा कोभिडका कारण अहिले एउटा वेन्चमा एकजना मात्रै विद्यार्थी राखेर परीक्षा सञ्चालन गरिरहेकाले पहिला भन्दा तेव्वर वढी दिन परीक्षा चलाउनुपरेको उनले बताए । पहिला एक हप्तामा हुने परीक्षा अहिले तीन हप्ता लगाएर चलाइरहेको जानकारी उनले गराए । अत्याधिक विद्यार्थी रहेका कारण पनि परीक्षाको दिन बढी भएको उनले बताए । स्कुलमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन संकाय गरी अहिले तीन हजार तीन सय विद्यार्थी परीक्षामा सहभागी भइरहेका छन् ।
परीक्षा लगतै माघ ४ गतेबाट भौतिक रुपमा प्रत्यक्ष रुपमा विद्यार्थीलाई सहभागी गराई औपचारिक कक्षा सुरु गर्ने योजना ख्वपले राखेको छ । पहिलो चरणमा हप्तामा दुई अथवा तीन दिन कक्षा सुरु गरी बाँंकी दिनहरुमा पहिला जस्तै यथावत् रुपमा अनलाइनबाटै कक्षा सञ्चालन गर्ने योजना राखिएको ख्वपले जनाएको छ । वातावरण अनुकुल हुन थालेसँंगै भौतिक रुपमा विद्यार्थीलाई उपस्थित गराई कक्षा सचालन गर्ने दिनहरु क्रमशः वढाउँदै लाने योजना स्कुलको छ ।
संस्थागत विद्यालय संघ नेपाल (इसान) का केन्द्रिय अध्यक्ष प्रेमजन थापा भौतिक उपस्थितिमै कक्षा सुरु गर्नुको विकल्प नभएको बताउँंछन् । त्यसकारण स्कुलसँंगै कलेजहरु पनि धमाधम सुरु हुन थालेको उनी बताउँंछन । ‘कोरोनासँंगै सधै डराएर कहिलेसम्म पठनपाठन बन्द गरिराख्ने ? उनले थपे, ‘बरु सवै सुरक्षाका उपायहरु अपनाएर स्कुलकलेज सञ्चालन गर्नुपर्छ ।’
भक्तपुरबाहेकका जिल्लाका अन्य नगरपालिकाहरुले पनि स्कुल खोल्न लगाउन थालेका छन । जिल्लामा भक्तपुरसहित मध्यपुर थिमि, चाँंगुनारायण र सूर्यविनायक नगरपालिका छन् । मध्यपुर थिमि नगरपालिकाले भने अर्काे सूचना जारी नभएसम्म स्कुल कलेज खोल्न अझै दिएको छैन । कोरोनाबाट जिल्लाका चारमध्ये अहिलेसम्म सवैभन्दा वढी भक्तपुर नगरपालिका क्षेत्रमा मृत्यु भएको तथ्यांक छ । भक्तपुरपछि क्रमशः मध्यपुर थिमि, सूर्यविनायक र चाँंगुनारायण नगरपालिका क्षेत्रमा मृत्यु हुनेको संख्या वढी छ ।