यज्ञबहादुर कार्की
पछिल्लो दुई दशक देखिनै नेपालको लोकतन्त्रको सवालमा अनेकन शंका र प्रश्न उठन थालेका देखिए  । यस्मा आश्चर्यको कुनै कुरै छैन अहिलेको धेरै ज्वलन्त समस्याहरु सकेन्द्रीत  र  घनिभुत र उग्र हुदै आईरहेको तत् अवस्था देखिकै हो  आफ्नो  मालिक आफै हुनको लागी  नयाँ शिराबाट सोच्न आबश्यक छ । नयाँ राजनैतिक शासनको लागी  र त्यस्को बिकाशको लागी  चेष्टा प्रबल प्रयास हुन जरुरी छ । नेपालमा राजनैतिक प्रणाली  परिवर्तन भएपछि राष्टिय सवालमा हेरिदा जनहित भन्दा अनेक अन्य देशहरुका हितकालागी  काम भएको देखियो र पछिल्लो  समयमा सार्बभौम र अखण्डताको सवालमा पनि खुले आाम व्यवस्थानै पृष्ठपोषक भएको समेत भनिन थालीयो ।
अब आएर  यो देश कस्को  हितको  क्षेत्र  हो भन्ने प्रश्नले पनि ठुलो महत्वपुर्ण ठाँउ लिन सुरु गरिसकेको छ  तसर्थ अब राजनैतिक स्थिती माथी पनि गहिरो  नजरले हेर्न जरुरी       भैसकेको छ ।
नेपालमा दलिय व्यवस्थाको ईतिहास लगभग ३४ बर्षको दौरानमा गुर्जीदै छ २०१७ हुदै २०४२ मा भएको परिवर्तन र २०६२  को परिबर्तन देखि  २०७७सम्म आईपुग्दा  खासै यसले जनताका पक्षमा कुनै सर्बाङ्गीक हित गरेको देखिदैन ।राजनैतिक,सामाजिक , आर्थिक तथा धार्मिक बिबिधता भएको बिगतको  यो देश अहिले बिबिधतामा अलग्गरहि धार्मीक कलहको सघारमा उभिरहेको  पनि देखिन्छ ।आज  बिश्व रङ्गमंञचमा आफ्नो बर्तमान र भबिष्यको सच्चा श्वामी बन्नुको साटो बिबिध बैमनष्य र कलहले र दलगत स्वार्थले गर्दा सच्चा श्वामि बन्नुको अलावा अरुकै अर्ध भै  सकारात्मक घटनाका रुपमा गुट निरेपेक्षताका सिद्दान्तलाई आत्मसात गर्न सकेको छैन  । अब पनि दलहरु दलिय स्वार्थको आचरणले गर्दा बिबादमा परिरहेका छन । प्रखयात रुसी साहित्यकार एवं प्रगतिशिल लेखकले आफ्नो बहुचर्चित रचनामा तीन पात्रहरुको  भिन्न व्यक्तित्वको सम्बन्धमा भिन्ना भिन्नै धारणा राखेको देखाएका छन ,जसमध्ये प्रथमले जीवनको गतिदेखि क्रुर बन्धनबाट छुटकारा पाउन  जीवन कसरी बिताउनु पर्दछ ? भन्दै अपराधि प्रबृतिमा गै जीवन बिताउन पुग्छ । दाश्रो चाहिँ जीवन देखिनै डराउँदछ र केहि परिवर्तन नै गर्न सक्दैन , तेश्रो चाँहि स्वतन्त्र स्वाभावको हुन्छ र जसले आफ्नो अगाडी कुनै उदेश्य राख्दछ र अन्तमा जीवनको सहि बाटो खोज्द्छ ,रोज्द्छ र सफल पनि हुन्छ  तसर्थ हामी यस्ता उदाहरणबाट हामी मानिसका धारणा ( जीवन प्रतिको क कस्तो हुन सक्दछ भन्ने सिक्दछौ , अपितु राज्य र व्यवस्था जहाँ  भ्रम र अपराधमा स्वयंम सामेल हुदैन त्याहाँ स्वतन्त्रता र बिकाशको बाटो द्रुत गतिले अधि बढदछ । गोर्गीले राजेको त्यो तेश्रो पात्र चाहिँ क्रान्तीकारी पनि हो । किनकी जीवनको गतिलाई समय सापेक्ष  जसले बदल्ने जमर्को गर्छ त्यो योद्दा पनि हो । मानिस स्वभावैले गतिलाई नियाल्ने र त्यसैबाट उउसको मुल्याङकंन हुने गर्दछ । जब नेता उ अधर्मि ,असामाजिक र स्वार्थि हुन्छ सोहिबाट बदनामी र अकृतीले व्याप्त भै मुलुक भरका मानिसको  मन भित्र घृणा र तिरस्कार को जन्म हुन गै त्यसबाटै  दुङ्गदुङ्ती दुर्घन्धमय भएर फैलन्छ । जीवनभर मानिसहरु त्यस्ता कुकर्मिहरुलाई फोहरी र निन्दनिय खेलमा लिप्त हुनेका  रुपमा चिन्दछन । मृत्युप्रर्यन्त उसको नामलाई कसैले पनि संझन चाहदैन । जिउँदै मरेतुल्य उसकै कृयाले  उसलाईनै नोक्सान पुर्याउदछ  किनकी जीवनभर उसले लाएक कार्य गर्नै सकेन भन्ने ठान्दछन । यहि सत्य र असत्यमा हुने फरक पनि हो । हाल देशको गम्भिर परिस्थिती उपर पनि निश्चिन्त रहन कुनै पनि सचेत नागरीकको मस्तिष्कले दिदैन  मौजुदा परिस्थिती उपर सम्वेदनशिल हुनुपर्ने  नागरिक कर्तब्य पनि हो । नागरिकहरुले चयन गरेको सक्षम नेतृत्वबाटै बनेको बहुमतिय सरकारले समग्रक्षेत्रमा कति मात्रामा बिकाश गर्यो ?  दिन दिनै राज्यमा बढदै गएका असुरक्षा , भष्टाचारको दलदलमा फस्दै गईरहेको राज्य , संयन्त्र र क्षेत्राधिकार भन्दा बाहिर गएको न्याय प्रणाली अस्वस्थ न्याय ,कमिशनका खेलहरुबाट धरायसि बन्दै गइरहेका संस्थानहरुको हबिगत , आदि ईत्यादीका ईतिहास बोकेका राजनैतिक दलहरुको नेतृत्वको एउटा बिडम्वना बनिसकेको छ ्र शार्वजनिक महत्व को बिषयमा जनता सुसुचित हुनुपर्छ  भन्ने पनि कथा जस्तै    बन्न गएको छ । नेपालको मौजुदा परिस्थिमा अति डरलाग्दा रुपमा शक्त्ति सम्पन्न राप्टहरुबाट खेल खेलिन सुरु भैसकेको छ  आज आएर आक्लन हुदा यो ग्राण्ड डिजायनमा सामेल हुनेहरु को पनि कित्ताकाट हुने बेला देखा परिसकेको छ । आफ्ना तुच्छ स्वार्थ सिद्द गर्नका लागी देश र जनताको अहित हुने कार्यमा लागिरहनेका चरित्रलाई पहिचान गर्न नसक्नु र साथ दिईरहनु भन्दा ठुलो बिडम्बना अरु  के हुन सक्छ र  ? सत्तमा बसेर थप संकट र भौतिक सुख जुटाउने विकृत र सोहिबाट आफनो संकृण राजनितीको घेरामा रहनेको  नेतृत्वले गर्दा जनता र राष्टका  कार्यहरु अघोगती तर्फ बढदै सम्हालिनै नसक्ने अबस्था तर्फ गईरहेको नेपालीहरुको बर्तमान अबस्थामा देखिन पुगीसकेकै छ । देश चरम आर्थिक बिशृखल्लता तर्फ  गईरहेको छ । अपसोच यो कुरामा छ कि होश खुल्दा सबै खत्तम  भैसकेको हुनेछ । आगामी मध्याबधी निर्वाचनको तिथी  तोकीईसकेको छ ,  आर्थिक व्भयभार अब मुलुकले कसरि व्योहर्छ के यो खेलाची हो  त ?   हुनत आशंकाको घेरा भित्र सरकार पनि पर्न थालिसकेको छ ्र  भोलीका दिनमा बहमत केका लागी ? कस्का लागी ? भन्ने प्रश्न पनि सार गर्भित हुनेछैन ।कुनै पार्टीले जनता समक्ष स्पस्टीकरण दिन सक्ने अबस्था पनि छैन यो प्रश्नको उत्तरलाई असुरक्षा , भ्रष्टाचार ,कमिशन , घोटाला  र बहुमतको अधिनायकबादी र दंम्भका  प्रबृति आदीले मिलेर निलिदिएका छन । यी प्रश्नका उत्तरलाई आज आएर नेपालका राजनितिज्ञ भनाउदा भ्रम जालिहरुले परिस्थिती के हो ? हामी के हौ ? धरातल के हो ? आदि र राजनिति कस्तो हुनु पर्ने सबै प्रश्नहरुलाई क्षत बिक्षेत तुल्याई दिई सकेका छन यसर्थ अब झनै आमुल परिवर्तनको खाँचो परिसकेको छ । बिगतमा नेपालको स्वतन्त्र अस्तित्वमा कुनै प्रश्न चिन्ह नउठेको सर्व बिदितै छ । अब नेपालको आन्तरिक मामलामा बिदेशीहरु को शक्तिको प्रभाब बढेको  र सत्ता शक्त्तिमा रहनका लागी अस्तित्वसंग संम्झोता गर्न पनि पछि नपरेको महशुस जनताले गर्न थालीसकेका छन । रुसी बिद्दान आन्ना सेर्त्सोवा वलेनतीना शिश्कना ल्युदमिला या बोष्लेवाले लेखेका छन “ क्रान्ती तब हुन्छ जब करोडौँ मानिसहरु त्यो निष्कर्षमा पुग्छन कि अब यो भन्दा अगाडी  बाँच्न मुस्किल छ “ भन्ने धारणा राख्दछन ्र सामाजिक क्रान्ति चाहिँ एक जटिल बिज्ञान पनि हो पुरानो जर्जर व्यवस्थाबाट नयाँ गुणात्मक नयाँ उच्चस्तरको समाजमा संक्रमण हो ,जुन प्रगति शक्तिले ल्याँउदछ ,त्यसैले सामाजिक क्रान्ति भन्नाले पुरानो सामाजिक व्यवस्थाबाट नयाँ समाजिक व्यवस्थामा छिटो ,छिटो बढने अबस्थानै सामाजिक क्रान्ति हो भन्ने बुझ्नु पर्दछ ।                                                                     क्रान्तिको अर्थ हो सामाजिक बिकाशमा फडको , परिणात्मक परिवर्तनमा बदल्नु हो त्यसका लागी जसरी संसारमा वस्तुगत परिवर्तनको क्रममा चलिरहन्छ त्यसरीनै सामाजिक परिवर्तन र बिकाश  निरन्तररुपमा   चलिरहन्छ तर त्यो परिवर्तनलाई क्रमीक परिवर्तनको रुपमा पहल गर्ने सफल र गुणदायी नेतृत्व जनताकै माझबाट खोज्न सक्नु पर्छ बिगत देखी आजसम्म नेपाली जनताले गफलती र छकाउन सिपालु बाहेक राजनता फेला पार्न सकेनन वस्तुत ः एउटा सिपालु नाटककारले आफ्नो पेशा मजवुत बनाउन सहकारी लगायत एन. जी .ओ र आई. एन . जी. ओ. को बलवुत्तामा सत्तामा पुगी सरकार चलाउन सफल भएको नकार्न सकिदैन तसर्थ भाबि सुदुर भबिष्य पनि तेश्रो आमुल क्रान्ति विना उज्जल हुनै सक्दैन । चेतना भया ।

...

All Comments.......


Please Login/Register To Comments