नगर प्रमुख प्रजापतिद्वारा शिशुस्याहार तथा बालविकास केन्द्रहरुको निरीक्षण


पुष १०, २०७७, शुक्रबार | दिउँसो ०१:२५ बजे | 10


भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा स्थापित  शिशुस्याहार तथा बालविकास केन्द्रहरु सञ्चालनको तयारीबारे शुक्रबार स्थलगत निरीक्षण गर्नुभयो । कोभिड संक्रमण जोखिमका कारण लामो समयदेखि बन्द रहेका शिशुस्याहार केन्द्रहरुमा सरसफाई, रंगरोगन, साजसज्जालगायतका कार्यहरु भइरहेको छ ।
[[img2]]

अभिभावकहरुको मागअनुसार शिक्षकहरुलाई आलोपालो मिलाएर छिटै नै शिशुस्याहार केन्द्रहरू सञ्चालनमा ल्याउने तयारीमा रहेको बताइएको छ । भक्तपुर नगरपालिकाले ६ वटा शिशुस्याहार केन्द्रहरु सञ्चालन गर्दै आएको छ । शिशु स्याहार केन्द्रहरु व्यवस्थित र स्तरीय बनाउने कोसिस भइरहेको छ ।

फाेटाेमा हेर्नुहाेस्...

Comments