आठौँ महाधिवेशन सफल पारौँ


फाल्गुन १२, २०८१, सोमबार | दिउँसो ०३:२७ बजे | 95


आठौँ महाधिवेशन सफल पारौँ

विद्राही आर.के.

मजदुर किसानले मेहनत यति गर्नु,
आठौँ महाधिवेशनको सफलता गुन्जिनेछ । 
पुजिवादी पार्टीहरु विरुद्ध एक्लै लड्ने नेमकिपा,
एक दिन उसका पछाडि सफलता दौडिने छ ।

सक्षम पार्टी आफ्नो निर्णयबाट संसार बदल्छ,
असक्षम पार्टी डरले हुल अनुसार निर्णय बदल्छ ।
जुन पार्टी आफ्नै खुट्टामा उभिन्छ,
त्यसले सफलता हासिल गर्छ ।

जीत र हार सोचमा निर्भर हुन्छ,
स्विकार्यो हार, नकार्यो जीत हुन्छ ।
जबसम्म आफ्नो सिद्धान्तबाट च्युट हुँदैन,
तबसम्म संसारको शक्तिले हराउन सक्दैन ।

पार्टीलाई सूर्य जस्तै चम्काउन चाहन्छौ भने,
कार्यकर्ताहरु सूर्य जस्तै क्रान्तिको आगो उकल्न सिक ।
सपना साकार पार्न अधिकार मागेर होइन,
जन संघर्षबाट खोसेर लिन सिक ।

क्रान्ति सार्वभौमिकता र स्वाधिनता भन्दा माथि हुँदैन,
हार्छ त्यहि जसले संघर्ष गर्न छोड्छन ।
बाहिरको चुनौतिले होइन,
आफ्नै कार्यकर्ताको कमजोरीबाट हार्छौ ं।

जसरी ढुंगाको कापबाट विरुवा उमार्छ,
त्यसरी नै संघर्षबाट सफलता जन्मन्छ ।
बाह्य र आन्तरिक परिस्थिति तयार भए
एक दिन सशस्त्र क्रान्ति सफल हुन्छ ।

संसार कै ठूलो कठिन परिस्थितिबाट गुज्रिएको छ भने,
संसारको शक्तिले पार्टी कार्यकर्तालाई गलाउन सक्दैन 
भावनाले केही बदल्दैन,
तर दृढ निश्चयले सबै बदल्दिन्छ ।


जहाँसम्म बाटो देखिन्छ, त्यहाँसम्म हिड्नु,
गन्तव्यको बाटो अगाडि देखिदैँ जान्छ ।
हरेक सानो पाइला सफलताको सुरुवाट हो,
मानिस तब मात्र सफल हुन्छ,
जसले आफुलाई समाजवादी आचरणमा बदल्छ ।

सिद्धान्त पढेर मात्र परिवर्तन हुँदैन,
सिद्धान्त व्यवहारमा लागू गरे परिवर्तन हुन्छ ।
जीवनमा निराश हुनुपर्ने छैन,
पार्टी छोडेर जानेले पछुताउनु पर्नेछ ।

जीवनको दौडमा जुन व्यक्तिले
तिमीलाई प्रतिस्पर्धामा हराउन सक्दैन,
उसले गुलियो पोटिएको चास्नीमा डुबाउन सक्छ ।
जुन कार्यकर्ता गल्ती हुनबाट डराउँछ,
त्यसले नयाँ नयाँ सिर्जना गर्न सक्दैनन् ।

गल्ती हुनु खराब होइन,
तर बारम्बार गल्ती गर्नु खतरनाक हो ।
राम्रो सिक्नु मात्र होइन, राम्रो बन्नु हो,
इज्जत र सम्मान मागेर होइन, कमाउने हो ।

सपना त्यो होइन जुन निद्रामा देखिन्छ,
सपना त्यो हो जसले हाम्रो निद्रा भगाउँछ ।
यदि पार्टी सम्झने हो भने पछाडि फर्किने,
यदि पार्टी जीबन्त बनाउने हो भने अगाडि बढ्ने ।

“देश र जनताको निस्वार्थ रुपमा सेवा गरौँ !
समाजवादी आचरणलाई व्यवहारमा लागु गरौँ !
संसारको सबै क्रान्तिहरुबाट सिकौँ !
नेमकिपाको आठौँ महाधिवेशन सफल पारौँ !”

Comments