लघुकथा ः आयो आठौँ महाअधिवेशन
फाल्गुन १२, २०८१, सोमबार | विहान ०९:२४ बजे | 105
कुमार लघु, ख्वप
नमस्कार, स्कुल पढ्ने भाइबहिनीहरू
यो वर्ष हामी खुसीयाली मनाउँछौ । ल हामी विशेष गरी नेपालमा २०३१ साल माघ १० गते स्थापना भएको नेपाल मजदुर किसान पार्टीको स्थापना दिवश फागुण १६– १९ गतेसम्म मनाउने केन्द्रीय समितिले तय गरेको खुसीको कुरा सुनाउन पाउँदा म आफै हर्षित छु ।
नेपालमा यो महिनामा आठौ महाअधिवेशन हुने निश्चित भयो । यही फागुणको १६ गते –यालीमा सहभागी हुनुपर्छ है । त्यसको निम्ति तनमनले तयारी अवस्थामा हुनुहोला । सहभागी भएर आठौँ महाअधिवेश सफल पार्न एकले अर्का साथीलाई उत्साहित गरौ ।
भाइबहिनीहरूले यो महाअधिवेशनलाई सफल पार्नलाई सानोतिनो जिम्मेवारी लिनुपर्छ । त्यो प्रचारप्रसार हो । आफ्नै आमा काकी दिदी बजै दाइ मामाघरको सपरिवारहरूलाई भेटेर भेटघाट हुदा खवर गर्ने हो । त्यो दिन झण्डा बोकेर समाज परिवर्तन र समाजवादी व्यवस्था ल्याउनलाई योगदान गर्ने हो । त्यसैले बाबुनानीहरू हामी परिवर्तनको निम्ति समयमै सानादेखि नै लाग्नुपर्छ ।
कसरी लाग्ने त ?
हामी पहिला मानसिक रूपमा तयार रहनुपर्छ । पार्टीले प्रकाशन गरेको प्रकाशनहरु पढेर पार्टीको उद्देश्य नीति मूल्य मान्यता र सिदान्त बुझ्नुपर्छ । पार्टीको कुराहरू बुझेर लाग्न मेरो भाइबहिनीहरूलाई विशेष अनुरोध छ । साहित्यहरू पढ्नुपर्छ । साहित्यले नै हाम्रो दिमाग शस्कत पनाउनु पर्छ है । ल ठिक छ, हामी हतोत्साइट वन्नु हुन्दैन् । क्रान्ति भनेको लाग्नासाथै हुने होइन, समय लाग्छ । जस्तो काऊली मूलाको विऊ रोप्नासाथै उखेलेर तरकारी वनाउन हुदैन भने जस्तै हो ।
क्रान्तिको कुरा भनेको जनता संगठित भएर ल्याउने व्यवस्था परिवर्तन गर्न समय युग दशकौ दशक लाग्छ । हामीले विचार सिध्दान्त र उद्देश्यले जनतालाई तयार पारेर र छिमेकी देशको सहयोगले शस्कत संघर्ष गरेर ल्याउने परिवर्तन हो । अहिले जनतालाई परिवर्तनको निम्ति तयार पार्नुछ ।
हामीले हत्तारिनु हुदैन् । जबसम्म जनता परिवर्तनको निम्ति तयार हुदैनन् हामीले संगठन गर्न लाग्नुपर्छ । त्यसैले स्कूल कलेजमा राम्रो अध्ययन गर्नु नि पर्छ । आफू नै विचारले बलले सिध्दान्तले परिपक्को हुनु नि पर्छ ।
यो लघुकथाबाट भन्न चाहन्छु –यालीमा मूख्यत सहभागी होऔ । भाइ बहिनीहरू धेरै भन्नुछ । तैपनि अहिलेको मौकामा वैठकमा सहभागी भई सिक्ने इतिहास सुन्ने र सुनेर अर्कालाई बताउने अवसर लिनु होला भन्दै आजलाई विदा हुन्न चाहन्छु ।
यो वालकथा आफूले पनि पढ्नुस् र अरूलाई पनि शेयर गर्न नविर्सनु । धन्यवाद,
२०८१÷११÷१२