बिनिता थापा
ललितपुर । सातदोबाटोस्थित तेक्वान्दो संघको केन्द्रिय कार्यालयमा रहेको हलमा कांग्रेसका खेलकुद विभाग प्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्यतामा पारा राष्ट्रिय टिमका खेलाडीलाई आज  ट्रयाक सुट तथा खेल पोशाक वितरण गरिएको हो ।

१३ खेलाडी र १ प्रशिक्षकलाई ट्रयाकसुट, ब्याग, जुत्ता, टिसर्टलगायत गरी करिब २ लाख बराबरको सामाग्री प्रदान गरिएको हो ।  सामाग्री प्राप्त गर्ने खेलाडीमा रामबहादुर अधिकारी, सीता भण्डारी, रोहितहाङ राई, रञ्जना धामी, पलेशा गोवद्र्धन, दीपेश महत, विक्रम श्रेष्ठ, सुवासचन्द्र राई, सिर्जना घिसिङ, विदिता खनाल, विशाल गर्बुजा, पासाङ छिरिङ शेर्पा र लोकराज शाही रहेका छन् । प्रशिक्षकमा कविराज नेगी लामा छन् ।
उक्त सामाग्री गोदावरी नगरपालिका, वज्र सेक्युरिटी प्रा.लि., स्तम्भ बहुउद्देश्यीय शहकारी संस्था तथा करातेका पूर्व खेलाडीद्वय विनोद महर्जन र उमेश मल्लले प्रायोजन गरेका हुन् । त्यसका लागि आठौं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता करातेका रवि महर्जनले पहल गरेका थिए ।
उक्त अवसरमा प्रमुख बस्नेतले तेक्वान्दो खेलाडीले ओलम्पिकमा जुनसुकै पदक जितेपनि ५ लाख नगदसहित सम्मान गर्ने प्रतिबद्धता जनाए । ‘अबको ओलम्पिकमा तेक्वान्दो खेलाडीले जुनसकै पदक हासिल गरेपनि विभागले खेलाडीलाई ५ लाख नगदसहित सम्मान गर्छ । स्वर्ण नै जिते पुरस्कार राशी बृद्धिका लागि अझ सोच्छौं ।’– प्रमुख बस्नेतले भने । सचिव महर्जनले नेपाललाई अन्तर्राष्ट्रिय सफलता दिलाउन तेक्वान्दो खेलको महत्वपूर्ण भूमिका रहँदै आएको धारणा व्यक्त गरे ।

...

All Comments.......


Please Login/Register To Comments