आमाकी सहारा..... 


फाल्गुन १०, २०८१, शनिबार | विहान ११:३६ बजे | 30


आमाकी सहारा..... 

कुमार लघु, ख्वप 
आमाको छोरी माथि ठूलो भरोसा । जब आमामाथि आपत् आउँछ, त्यही वेला आमाले छोरीलाई सम्झिन्छ । आमाले छोरीलाई छोरालाई भन्दा छोरीलाई मन र मुटुको टुक्रा सम्झिन्दो रहेछ । जब वैसाखी टेक्छ, छोरीको पाखुरा समाएर अगि वढ्ने प्रयत्न गरेकी छे । 
लाखौमा एक हजारौमा करोडौमा र अर्वमा एक महिला गायिका लता गायिका आज अशक्त छिन् । मात्र उसकी छोरी साथमा एक दुई चम्चाले  खाना खान साहारा भएकी हुन् ।
अर्वाै भएर के गर्नु आखिर अशक्त हुदा त पैसा, घर, कारले केही गर्न नसक्ने उ आफैले व्यक्त गरेकी रहिछिन् । यो एउँटा मात्र उदाहरण मात्र हो । समाजमा यस्ता कथा व्यथा मुखले ओक्लन नसकेको लाखौ कथा व्यथा यत्रतत्र छर्पस्त छन् । 
कथाले मन रून्छ । आँखामा चित्र हेरी त्यसै त्यसै मन चिसो हुन्छ । अँध्यारो रातमा चन्दमाको किरणले आसा जगाउन परेका छन् । त्यो अवस्थामा पनि परेका रहेछन् । डलर सम्पत्ति घरले ओट वस्ने खाने आवतजावत गर्न कुनै मूल्य भएन् । बस डाक्टरको सानो औषधिको र छोरीको भरले पाइला पनि चाल्ने दिन आउने रहेछ । 
छोरीछोरा आमा बुबाको जिवनमा सहार भएर पनि साथ मद्त हारगुहार गर्नपर्छ । आमाबुबा भनेको एक किसिमले र धेरै किसिमले भगवान नै सम्झेर संसारमा जीवन विताउन पर्ने समय छ । 
अन्तमा यो लघुकथाले कति जनालाई आमावुबाको याद दिलाउने छ । कति जनालाई त्यो वेलाको तातो पानीले पोलेको जस्तो आभास मिल्ने र झक झकाउने छ । 
आमाबुबा छदै आमाबुबालाई सेवा गरौ भन्ने सन्देश यो लघु कथाले छर्न सकोस् । धन्यवाद ,
२०८१÷११÷१० शनिवार,

Comments