स्कुलकलेज खोल्न सकिन्छ ः विज्ञहरु


पुष ४, २०७७, शनिबार | दिउँसो १२:५३ बजे | 15


कोरोनासँंगै ९ महिना वन्द रहेको स्कुल कलेजहरु खुल्न थालेसँंगै सरोकारवालाहरुले स्कुल खोल्न सकिने बताएका छन् । चिकित्सक तथा शैक्षिक संस्थाका पदाधिकारीहरुले जनस्वास्थ्य मापदण्ड पालना गरी स्कुल खोल्न सकिने बताएका छन् ।

कम्पास (युवाहरुको समूह) ले रिज्युमिंग स्कुल्स् ः च्यालेन्जेज एण्ड अपच्र्युनिटिज् (स्कुल सञ्चाल अवसर र चुनौती) बारे शनिबार  गरेको जुम छलफलमा शुक्रराज टपिकल एण्ड इनफेक्सन डिजिज हस्पिटलका प्रवक्ता डा शेरबहाुर पुनले जनस्वास्थ्यको मापदण्ड मेन्टेनन गरी विद्यालय सञ्चालन गर्न सकिने बताए । व्यवस्थापनलाई कडाई गरी शैक्षिक संस्थाहरु खोल्न सकिने उनले बताए ।
[[img3]]
शैक्षिक सञ्चालन महत्वपूर्ण रहने भन्दै उनले कुनै पनि कार्यालय खोल्नुपर्छ भने पहिला स्कुल खोल्नुपर्ने र कुनै पनि कार्यालय बन्द गर्नुपर्छ भने अन्तिममा स्कुल बन्द गर्नुपर्ने चर्चा उनले गरे । उनले सधैं संक्रमणको डर मानेर कहिलेसम्म वस्ने भनी प्रश्न गरे ।
स्कुले बालबालिकाहरुलाई सर्ने र सार्ने सम्भाबना कम भएको तथ्य बाहिर आएको चर्चा गर्दै उनले मानसिक पक्ष बलियो बनाई स्कुल कलेज खोल्न सकिने बताए । यसो भन्दा धेरैतिरबाट गाली आउने सक्ने सचेत गर्दै उनले अव अगाडि वढ्नुको विकल्प नभएको बताए ।
संस्थागत विद्यालय संघ नेपाल (इसान) का केन्द्रिय अध्यक्ष प्रेमजन थापाले जनस्वास्थको पूर्ण ख्याल गरी विद्यालय सञ्चालनको विकल्प नभएको बताए । स्कुललाई पूर्ण रुपमा जोखिममुक्त गरी भौतिक रुपमै कक्षा सञ्चालनको विकल्प नभएको उनले बताए ।
शिक्षक विद्यार्थीले सवैले अनिवार्य रुपमा मास्कको प्रयोग, स्कुल प्रवेश गर्नुअघि अनिवार्य स्यानिटाइजर लगाउने, सावुन पानीको वन्दोवस्त गरी स्कुल कलेजहरु खोल्नु  उपयुक्त हुने उनले बताए ।
काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकाहरुमध्ये अहिले केही नगरपालिकाले आफनो क्षेत्रका स्कुलहरु खोल्न थालेका छन् । उपत्यकाका ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिका क्षेत्रमा नगरपालिकाले निर्णय गरी पुस १ गतेदखि स्कुलहरु खेल्न थालेका छन् । यद्यपि काठमाडौं महानगरपालिका मध्यपुर थिमिलगायतले पनि तत्कालका लागि स्कुलहरु नखोल्ने निर्णय गरेको  छ ।
[[img2]]
कम्पासले यसअघि पनि कोभिडसँंग सरोकार राख्ने विभिन्न विषयका विषय विज्ञलाई ल्याएर पटक पटक यस्ता छलफल चलाइसकेको छ । कार्यक्रमपछि सहभागीहरुबाट आएका प्रश्नहरुको सवालजवाफ पनि भएको थियो । कार्यक्रम सञ्चालन त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक कमलराज गोसाईले सञ्चालन गरेका थिए ।   

फाेटाेमा हेर्नुहाेस्...

Comments

ताजा खबर