बाटो विराएको म !
पुष २०, २०८१, शनिबार | विहान ०५:३८ बजे | 75
विद्रोही आर.के. असल, इमानदार म, क्रान्तिकारी पार्टीको कार्यकर्ता वा समर्थक म, मेरो सकृयाताले मलाई गर्व गर्ने ठाउँ दियो । मेरो क्रियाशीलताले मलाई अहम्ता र महत्त्वाकाङ्क्षी बनायो । मेरो लेखाइले मलाई घमन्डी बनायो । मेरो घमन्डी, महत्त्वाकाङ्क्षी र चरित्रले मलाई विस्तारै पार्टीले जिम्मेवारीबाट पन्छाउँदै लग्यो । मेरो संगत खरिदविक्रि जग्गा दलाली संग भयो । विस्तारै जाँडरक्सीमा भुलिए, पैसामा भुलिए म । अनि, मध्यराममा सपनाबाट विउँझिएँ । आकासबाट खसे झै झसंग भए म । सपनामा बाटो विराएँ छु मैले, सहिदको सपना भुलेछु मैले । समाजको कर्तव्य विर्सेछु मैले, पार्टीको सकृयता, क्रियाशीलता र लेखाइ छोडेछु मैले । सबै गुमाएर बसेछु सपनामा, बाटो विराएर बसेछु सपनामा, अव विउँझि सके विराएको हरेक बाटो समात्नु छ मलाई सकृयता, क्रियाशीलता र लेखाइमा निखार्नु छ मलाई सहिदको सपना साकार पार्नु छ मलाई । अन्यायमा परेका गरिव दिनदुखिहरुलाई न्याय दिनु छ मलाई । शोषणबाट मुक्ति पाउनु छ मलाई । धन्यवाद !