भक्तपुर महोत्सव


पुष १८, २०८१, बिहीबार | दिउँसो ०२:३५ बजे | 155


भक्तपुर महोत्सव

प्रकाश तजले, भक्तपुर १८ पौष २०८१ मंसिरको २८ देखि पुषको दुई मानिसको ताँतीले चढ्यो भक्तपुरको बुईँ । मौलिकता र संस्कृतिले भरिपूर्ण महोत्सवको त्यो प्रदर्शन ।। धिमे, लालाखिं र धाँको तालले संगीतमय भक्तपुर । अझ बाँसुरीको त्यो सुरिलो रागले माधुर्यता भरपुर ।। वास्तु, धातु, काष्ठकला बेजोड छ कालिगडी । लाग्छ हलिमलिकला झन् उच्चकोटीको कालिगडी ।। योमरी, बारा, सम्यबजी खाए सबले मन्त्रमुग्ध भई । भक्तपुरको जुजु धौको स्वादमा सबको जिब्रो नाचे बेस्सरी ।। सिद्ध, भाजु, रानीपोखरी आकर्षणमा कम छैन नःपोखरी । अझ पुर्वको कमलपोखरी मनै नभर्ने नौका बिहार नगरी ।। ज्ञानको दीप छर्ने– पुस्तक प्रदर्शनी त्यसको प्रयोग गर्ने– शैक्षिक प्रदर्शनी । झन ईन्जिनियरीङ नमुना बन्यो महोत्सवको अग्रणी ।। कति राम्रो माटाको भाडा प्रजापति काकाले बनाको । झन् अब्बल लाग्यो–नेवार जीवनशैली जन्मदेखि रथारोहणको ।। भक्तपुर महोत्सव–एकताको प्रतिफल आफ्नो उद्देश्यमा यो छ पूरा सफल । यो सन्देशले चुमोस् संसार हार्दिक आभार – स्थानीय सरकार ।।

Comments