कवि पदम दाहालका दुईवटा कृति एकैसाथ लोकार्पण


पुष १५, २०८१, सोमबार | दिउँसो ०२:२३ बजे | 115


कवि पदम दाहालका दुईवटा कृति एकैसाथ लोकार्पण

कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानको तेस्रो साधारणसभा प्रतिष्ठानका अध्यक्छ्य मुकुन्दप्रसाद दाहालको सभापतित्व र संस्थाका आजीवन सदस्य श्यामसुन्दर दाहालको प्रमुख आतिथ्यमा भएको थियो। महासचिव रेवतीप्रसाद दाहालद्वारा वार्षिक प्रतिवेदन र कोषाध्यक्छ्य पदम दाहालद्वारा आर्थिक प्रगति प्रतिवेदन तथा वार्षिक अनुमानित बजेट प्रस्तुत भएका थिए। सो अवसरमा कवि पदम दाहालका दुई कृतिहरूको सार्वजनिकीकरण गरिएको थियो।'प्रेम- पराग' छन्दोबध्द कवितासङ्ग्रह माथि वरिष्ठ समालोचक प्रा०डा०कृष्णप्रसाद दाहालद्वारा र दोस्रो कृति 'मेरो निर्मोही जन्म घर' माथि वरिष्ठ समालोचक प्रा०डा० देवी नेपालज्यूद्वारा कृति विष्लेषण भएको थियो ।एकैसाथ दुईवटा कृति प्रकाशन गर्न पाएकोमा दाशुसन्तति कवि पदम दाहाललाई उक्त अवसरमा भव्य समारोहमाझ दाशु स्मृति प्रतिष्ठानले अभिनन्दन-पत्रद्वारा अभिनन्दित गरेको थियो ।

Comments

ताजा खबर