पुष १४, २०८१, आइतबार | दिउँसो ०१:०१ बजे | 60


काठमाडौं । काठमाडौं फोटोग्राफर संघले देशैभरका विवाहमा खिचिएका विभिन्न जात जातिका धर्म संस्कृति झल्किने खालका तस्बिरहरूको उत्कृष्ट १०० मध्यका फोटो र उत्कृष्ट भिडियोहरुलाई अवार्ड वितरण गरेको छ । संघले संस्कृति पर्यटन तथा उडयन मन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यतामा केपिए वेडिङ फोटो अवार्ड २०२४ अवार्ड वितरण गरेको हो । प्रतियोगितामा सहभागीमध्ये सञ्जय मगरले उत्कृष्ट फोटोमध्ये पहिलो स्थान ओगट्दै सोनी मिररलेस क्यामेरा सहित विभिन्न उपहारहरू प्राप्त गरे । भिडियोतर्फ उत्कृष्ट भिडियो बनाउन सफल पशुपति श्रेष्ठले ड्रोन क्यामेरा सहित विभिन्न उपहारहरू प्राप्त गरेका थिए । संघका अध्यक्ष हरि घिमिरेले देशैभरबाट संकलन भएका फोटो तथा भिडियोहरू उत्कृष्ट रहेको र निर्णायक मण्डलबाट आएको नतिजालाई आधार बनाएर अवार्ड वितरण गरेको बताए । प्रतियोगितामा मुख्य विधा अन्तर्गत काठमाडौका संजय मगर प्रथम भए भने , पर्साका ओम प्रकाश कुशवाह द्वितिय भएका थिए । यसैंगरी पोखराका लक्ष्मीपति पौडेलले तृतीय पुरस्कार प्राप्त गरे । उत्कृष्ट दशमा सौगात भट्ट, प्रकाश गौतम महेश डंगोल, रामबहादुर तामाङ, रत्न बहादुर बस्नेत, आकाश कुमार चौधरी, सानुकाजी महर्जन पर्न सफल भए । पिपुल्स च्वाईस अवार्ड भने पोखराका अग्निधर तिमिल्सिनाले हात पारेका थिए । यसैगरी सहायक विधा अन्तर्गत प्रीपोस्ट वेडिङ तर्फ काठमाडौंका दिपक मैनाली प्रथम, काठमाडौंकै अजय बुढाथोकी द्वितीय र कपिलवस्तुका कर्णबहादुर तिवारी तृतीय भए । भिडियो विधामा भने काठमाडौंका पशुपति श्रेष्ठले प्रथम स्थान हात पारेका थिए ।

Comments