कबा हेम स्मृति कविता प्रतियोगिताको नतिजा प्रकाशन


पुष १४, २०८१, आइतबार | विहान ०५:१४ बजे | 20


कबा हेम स्मृति कविता प्रतियोगिताको नतिजा प्रकाशन

कपन बानेश्वर साहित्यिक साप्ताहिकले पत्रिकाको पहिलो संरक्षक सदस्य कलाकार ( चित्रकार) तथा साहित्यकार हेम पौडेलको पहिलो स्मृति दिवसको अवसरमा आह्वान गरेको कबा हेम स्मृति कविता प्रतियोगिताको नतिजा प्रकाशन गरेको छ ।नतिजा अनुसार शीर्षक हेम पाैड्याल र चरा अनाम उपेक्षित (पहिलाे),हेम र चरा शीर्षक अनिता ढकाल (दाेस्राे),हेम पाैड्याल र कला शीर्षक सुन्दर शिरीष(तेस्राे) हुनुभएको छ ।कपन बानेश्वरको फेसबुकबाट मङ्सिर १ गतेदेखि १५ गतेसम्मको म्याद दिएर कविता आह्वान गरिएको थियो । आएका कविताहरु मध्येबाट प्रारम्भिक चरणमा २३ जना त्यसबाट उत्कृष्ट दशमा १० जना र त्यसबाट पहिलो,दोस्रो ,तेस्रो घोषणा गरिएको हो । कपन बानेश्वर साहित्यिक साप्ताहिकका स्तम्भ कवि त्रिलोचन आचार्य र वरिष्ठ कवि मित्रलाल पंज्ञानीको निर्णायक मण्डलले नतिजा घोषणा गरेको थियो । आगामी माघ २० गते आइतबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठामा हुने हेम स्मृति तथा चित्रकला प्रदर्शनी कार्यक्रममा पहिलो,दोस्रो र तेस्रो हुने विजयी कविहरुलाई क्रमशः १०,०००,६,०००,४,००० नगद सहित पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक,पत्रिकाका प्रबन्धक वरिष्ठ साहित्यकार गङ्गा पौडेलले जानकारी दिनुभएको छ ।

Comments